भाद्र १८, काठमाडौं । हरेक दिन साँझ फेसबुक लाइभ मार्फत सञ्चालनमा रहेकाे धार्मिक हाजिरीजवाफ कार्यक्रमले १२० औँ श्रृङ्खला पूरा गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीको प्रभाव नेपालमा पनि सुरु भएपछि सुरु भएको लकडाउनको समयमा विगत वैशाख ६ गतेदेखि ज्यो.पण्डित वरदान थपलियाद्वारा आफ्नै फेसबुक प्रोफाइलबाट सुरु भएको उक्त कार्यक्रम हाल भागवत वाणी ज्ञान सरोवर नामक पेँजबाट सञ्चालित छ । नयाँ पुस्तामा सनातन हिन्दु धर्म प्रतिको ज्ञान घट्दै गएको महशुस गरी फुर्सदको समयलाई सदुपयोग गर्दै आम मानिसमा धार्मिक ज्ञान प्रचार गर्ने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रमले लोकप्रियता पाए सँगै कार्यक्रमलाई समय समयमा परिस्कृत गर्दै लगिएको कुरा कार्यक्रम सञ्चालक पण्डित थपलियाले बताए । सहि उत्तर दिने सहभागिलाई रु १० देखि अधिकतम रु ५००० सम्म नगद पुरस्कार दिँदै आएको उक्त कार्यक्रममा पुरस्कार राशीको लागी समेत सहभागीहरुले नै प्रायोजन गर्ने गरेका छन् ।
यहि भाद्र १७ गते १२० औँ श्रृङ्खला पूरा गरेको अवसरमा बोल्दै सहभागीहरुले देखाएको अपार मायाका कारण कार्यक्रमलाई अझ परिस्कृत र रोचक बनाउँदै धार्मिक ज्ञान प्रवाह गर्ने कुरा पण्डित थपलियाले बताएका छन् । साथै कार्यक्रम प्रायोजन गर्ने र सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।