मेषः ( चू, चे, चो, ला, ली, लू, ले, लो, अ )
तपाइँको यो साता प्रसन्नतामय बन्नेछ । मनोरथ सिद्ध हुनाले खुसी छाउला । अनायासै धन प्राप्तीको योग पनि देखिन्छ भने सप्तान्त थोरै मानसिक तनावले गुज्रिनेछ ।
वृषः ( ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो )
साताको सुरुवाती दिनहरु थोरै कष्टकर रहन सक्छन्, स्वास्थ्यमा समस्या, मानसिक अशान्तिले सताउला । मंगलबार देखिका दिनहरु सुधारोन्मुख बन्दै आँटेका काम बन्ने लक्षण देखिएकाले सप्तान्त सुखद नै रहनेछ ।
मिथुनः ( का, की, कू, घ, ङ, छ, के, को, हा )
तपाइँको यो साता मध्यम फलदायी रहनेछ, नसोचेका समस्या आइलाग्नेछन्, डर र भयमा साता गुज्रने देखिन्छ भने साताको अन्त्यमा आफ्नो मेहनतको सफलताले मन खुसी गराउला ।
कर्कटः ( ही, हू, हे, हो, डा, डी, डू, डे, डो )
साताको सुरुवाती दिनहरु अत्यन्त उत्साहपूर्ण तवरले सुरुवात भएपनि बिचका दिनदेखि परिवारमा थोरै खटपट, स्वास्थ्यमा समस्या अनि पेशागत समस्याले सताउनाले मानसिक राप ताप व्यहोर्नुपर्ला ।
सिंहः ( मा, मी, मू, मे, मो, टा, टी, टू, टे )
तपाइँको यो साता पारिवारिक सुख र दाम्पत्य खुसीबाट सुरु हुनेछ, शत्रुहरु पराजित हुने देखिन्छ भने सप्तान्त चाहिँ थोरै स्वास्थ्य खराबीले सताउने देखिन्छ ।
कन्याः ( टो, पा, पी, पू, ष, ण, ठ, पे, पो )
तपाइँको यो साता पिर र चिन्ताबाट सुरु हुनेछ, थोरै वायु जनित रोगले सताउला, मेहनत गर्नुपर्ने साता रहेको छ, उत्तरार्ध विस्तारै सुख शान्तिउन्मुख बन्दै जानेछ ।
तुलाः ( रा, री, रू, रे, रो, ता, ती, तू, ते )
तपाइँको यो साता अनावश्यक भागदौडले दिनचर्या अस्तव्यस्त रहला, पारिवारिक विवाद, छोराछोरीबाट असन्तुष्टि, कार्यक्षेत्रमा अपजस भोग्नुपर्ने देखिन्छ भने साताको अन्त्यमा स्वास्थ्य लाभ र धन लाभको कारणले प्रशन्नता मिल्ने देखिन्छ ।
वृश्चिकः ( तो, ना, नी, नू, ने, नो, या, यी, यू )
पराक्रमको कारण कार्य सफलताले सुरुवाती दिनहरु निकै सुखद देखिन्छन् । बुधबारदेखि क्रमशः परिवारमा अनावश्यक विवाद सिर्जना होला जसको कारण अनिद्रा, मानसिक त्रासको योगको साथै बनेको काम समेत बिग्रन सक्ने योग रहेको छ ।
धनुः ( ये, यो, भा, भी, भू, ध, फा, ढा, भे )
तपाइँको यो साता ज्यादै खर्चिलो रहनेछ, कुटुम्ब शोकले सताउला, मानसिक अस्थिरताले यो साता व्यतित हुने देखिन्छ, सानातिना सम्मानित कार्य भए पनि अनावश्यक विवादहरुमा अल्झिनुपर्ने देखिन्छ ।
मकरः ( भो, जा, जी, खी, खू, खा, खो, गा, गी )
तपाइँको यो साता मिष्ठान्न भोजनको प्राप्ती, नयाँ नयाँ उपहार प्राप्ती, आकस्मिक धनलाभ जस्ता अनेक सुखद पक्ष देखिन्छ । साताको मध्यतिर आँखाको समस्याले सताउला, मनमा केहि असन्तुष्टि पलाए पनि पराक्रम बढ्नाले सफल सप्ताह देखिन्छ ।
कुम्भः ( गू, गे, गो, सा, सी, सू, से, सो, दा )
स्वास्थ्य प्रतिकुलताले तपाइँको यो साता सुरु हुनेछ, शरीर सामान्य दुर्घटनाको चोटले पीडादायी बन्न सक्ला, धन अथवा द्रव्य हराउने योग पनि बनेको छ । मध्यसाता केहि सकारात्मक देखिए पनि अपव्ययको सिकारले गर्दा यो साता त्यति फलदायी देखिएको छैन ।
मीनः ( दी, दू, थ, झ, ञ, दे, दो, चा, ची )
साथीभाइ, इष्टमित्र तथा परिवारजनसँगको मिलन तथा मिठामिठा परिकारको भोजनले उत्साह र उल्लासमय साता रहनेछ । कर्मक्षेत्रमा पनि सफल देखिएकोे छ । अध्ययन अध्यापन पनि सकारात्मक देखिन्छ भने सामान्य चोटपटकबाट जोगिनुपर्ने देखिन्छ ।