१७ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो हुने गरि एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । अब निषेधाज्ञामा औषधी र पानीको पसल दिनभर खोल्न पाइनेछ भने खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल । विहान ११ बजेसम्म खोल्न पाइनेछ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि लगाइएको निषेधाज्ञा एक साताका लागि भाद्र १७ सम्म थप गरिएको थियो ।
थप जानकारीकाे लागि हेर्नुहाेस् निशेधाज्ञा आदेशकाे पूर्ण पाठ ।