१४ माघ, काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टोखा नगर कार्यसमितिले आज टोखा नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । कोरोना माहामारिको कारण देखाई बन्द गरिएको बिद्यालयहरु स्वास्थ्यको सम्पुर्ण मापदण्ड अपनाइ सञ्चालनमा ल्याउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
प्याव्सन टोखाका अध्यक्ष टंक कुमार चापागाइले सबै कुरा खुल्ला राखेर शैक्षिक संस्था बन्द गर्नुको कुनै अर्थ नरहने भन्दै पठनपाठनबाट टाढा हुँदा विद्यार्थीमा पर्न जाने मानसिक असर र शैक्षिक स्तरमा आउने समस्यालाइ दृष्टिगत गर्दै यथासक्य छिटो स्वास्थ्य मापदण्डको पालना गरि विद्यालय खेल्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सुरक्षाका उपाय अवलम्वन गरेर विद्यालय खोल्नु पर्नेमा विद्यालय बन्द गरेर राज्यबाट शिक्षा क्षेत्रमा भयङ्कर गल्ती गर्ने काम भइरहेको आरोप लगाउनु भयो ।
सर्वखबरलाई प्राप्त ज्ञापन पत्रमा भनिएको छ नेपाल सरकारले कोरोना रोकथाम तथा त्यसको लागि गरिएको पहलहरुमा प्याब्सन सदैब सहयोग गर्न तयार रहेको जानकारि गराउँदै हाल छिटो भन्दा छिटो कोरोना खोप तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाई विद्यालय खोल्न माग गरेको ज्ञापनपन पत्रमा उल्लेख छ ।
ज्ञापनपत्र प्याब्सन टोखाका अध्यक्ष टंक कुमार चापागाइको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलीले टोखाका नगर प्रमूख प्रकाश अधिकारी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमलाई बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख अधिकारीले कोभिडले शिक्षा क्षेत्रमा पारेको प्रभावको अध्ययन र समस्या समाधानको लागि तत्कालै शाखा प्रमुख बाबुराम गौतमको अध्यक्षतामा एक कार्यदल गठन गरि कार्यदलले दिने सल्लाह र सुझाव अनुसार अघि बढ्ने कुरा नगर प्रमुख अधिकारीले बताउनुभयो ।