आषाढ २१, काठमाडाैं । काठमाडाैंकाे चाबहिल स्थित हाेम सुविधा प्रा.लि ले घरबाटै ब्लुबुक लिने, नविकरण गरिदिने र घरमै ल्याईदिने भनेर सर्वसाधारणलाई दुःख दिने गरेकाे पाईएकाे छ ।
फेसबुकमा देखिएकाे विज्ञापनका आधारमा आफ्नाे मारुती भ्यानकाे कर तिर्न तथा नविकरणका लागि कार्यालयमा सम्पर्क गरि हाेम सुविधा नामक कम्पनी प्रतिनिधिलाई २०७७ चैत्र ४ गते नगद रु.२२०००।- सहित पठाएकाे ब्लुबुक १०० दिन नाघिसक्दा समेत फिर्ता नपाएपछि सेवाग्राहि महेश पाण्डेले हाम्राे कार्यालयमा दुःख पाेखेका थिए । आफ्नाे ब्लुबुक फिर्ता नपाएपछि पटक पटक कार्यालयमा सम्पर्क गर्दा कहिले नविकरण गर्न कार्यालय पठाइकाे तर फिर्ता नआएकाे भन्ने, कहिले काम भएन ब्लुबुक आजै फिर्ता ल्याउँदैछ भन्ने, कर्मचारीपिच्छे नै फरक फरक जवाफ दिने गरेकाे उनले बताए । यस विषयमा बुझ्न हाम्राे प्रतिनिधीले कार्यालयमा तथा मेनेजर पवन मण्डलकाे व्यक्तिगत नम्बरमा सम्पर्क गर्न खाेज्दा सम्पर्क स्थापित हुन सकेन ।
यससँगै अनलाईन सेवा र सुविधा दिने नाममा बजारमा खुलेका कार्यालयहरुले दुःख दिने गरेकाे गुनासाे सर्वसाधारणले पाेख्न थालेका छन् ।