भाद्र २९, काठमाडाैँ । टाेखा नगरपालिका वडा न ५ मा रहेको चन्द्रविन्दु स्कुलका बालबालिकाले मृगौला पिडित रवि रसाईलीलाई रु १०,०००।— सहयोग गरेका छन् ।
साधारणतया बालदिवसमा बालबालिकालाई जम्मा गर्ने, गोष्ठि गर्ने, रिवन काट्ने , बत्ति बाल्ने जस्ता औपचारिक कार्यक्रममा ठुलो धनरासि खर्च गर्ने प्रचलन भएतापनि आफ्नै स्कुलबाट एस.इ.इ पास गरेका १९ बर्षिय रवि रसाइलीको विगत डेढ बर्ष देखि दुवै मृगौलाले काम नगर्ने भएपछि लामो समयदेखि डायलासीस गर्दै आएको र खानलाई समेत धौ धौ परिरहेको खबर सर्वखबरमा प्रकाशित भएपछि उनिहरुले बालदिवसको अवसर पारेर प्रत्येक दिन एक एक रुपैया संकलन गरेर जम्मा भएको रकम पिडित रवि रसाईलीलाई हस्तान्तरण गरेका हुन् ।
यस्तो मानविय कार्य गर्ने प्रेरणा कसरी पाउनुभयो ? भनेर बाल क्लवका अध्यक्ष सविता पाण्डेलाई सोध्दा बुबाआमाले दिनुभएकोे संस्कार र मानविय कार्य सिकाउने हाम्रो स्कुलका सरहरुको प्रेरणाले गर्दा खाजा खाने पैसाबाट प्रत्येक दिन एक एक रुपैँया जम्मा गर्दै गरेको र सोही रकम हस्तान्तरण गरेको बताउनुभयो ।