भाद्र १५, काठमाडौं । सरकारले लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । यसअघि भदौ १६ गतेदेखि लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।