कोभिड १९ र यसले संसारलाई पारेको असर हेर्दा यसलाई सानो आकलन गर्न सक्ने अवस्था छैन । अमेरिका जो विश्वलाई आफ्नो इसारामा नचाउन सक्छु भन्ने ठान्छ केहि समय अगाडि उसलाइ मानिसको शव व्यवस्थापन गर्न हम्मे हम्मे परेको समाचार अब नौलो रहेन । त्यति मात्र हैन नागरिकहरुको उपचार समेत नपाएको अवस्था र सघन उपचारमा प्रयोग हुने भेन्टीलेटर समेतको अभाव भयो भन्ने खबर हामीले सुन्न परेकै हो । हेर्दा अनौठो लाग्ने मात्र हैन सुन्दा लामै जिव्रो काढ्न पर्ने सत्यता हामी सामु छ । यो किन भयो ? कसरी भयो ? भन्ने कुरा इतिहासले विस्तारै लेखा जोखा गर्ला भन्ने अपेक्षा गर्नुको विकल्प रहेन अब । यस्तै अवस्था छिमेकी राष्ट्र भारतको पनि हुने दिशातिर अगाडि वढेको छ । विस्तारै त्यो नियति हामीले पनि भोग्नुपर्ने पो हो की ? भन्ने आशंका पैदा भएको छ ।
यस परिस्थितिमा नागरिकप्रति सरकारले गरेको व्यवहार र नागरिक अपेक्षालाइ हेर्दा ठूलो खाडल देखिन्छ । यसमा को दोषी भन्दा किन भयो भन्ने तिर हेरौँ ।
विश्वमा कोरोना फैलिरहँदा कुन शक्तिको कृपा हामीमा परेको हो हामीलाई पर्याप्त तयारी गर्ने मौका दिइएको थियो र हालसम्म पनि यदि वुद्धिमतापुर्ण निर्णय लिने हो भने समय त्यति ढिला भइसकेको अवस्था पक्कै हैन । तर सञ्चार माध्यमबाट सरकार नागरिकलाइ दोषी देख्ने नागरिक सरकारले केहि गरेन भन्ने जुहारी चलि नै रहेको छ । सरकारप्रति नागरिकको गुनासो र असन्तुष्टीलाइ सकारात्मक नै लिनु पर्छ तर सरकारले नागरिकप्रति लिएको यो असन्तुष्टीका स्वर अलि बुझी नसक्नु नै छ । सरकारप्रति नागरिक समुदायको अपेक्षा ठूलै रहन्छ र रहेको पनि छ । त्यसमाथि आफैले खाइ नखाई दुईतिहाइको स्थायी सरकार बनाएका नागरिकहरु आफ्नो सरकारप्रति यति धेरै आशावादी हुनु त्यति नौलो मान्नु पर्दैन ।
सरकारप्रति यति धेरै अपेक्षा किन ? भन्ने कुरालाई विगतबाट विश्लेषण गरौँ । चुनावी घोषणा पत्र, हाल रहेका प्र.म.ज्यू र उहाँको पार्टिको हरेक नेताले चुनावमा जनतालाई देखाएको काल्पनिक नेपालको सपना नै प्रमुख कारण हो । पानिजहाज, घरघरमा ग्याँसको पाइप, खाना घरघरमा पु¥याईदिने । खानका लागी काम नै गर्न नपर्ने । काठमाडांैमा मोनो रेल । चीनबाट काठमाडांै हुदै पोखरा सम्म रेल । भुमिगत मार्ग कति हो कति । त्यो त थियो चुनावी घोषणा पत्रप्रतिको जनमानसको निराशा । अब त्यसलाई विर्सने हो भने पनि सरकारमा आइसकेपछि जनअपेक्षा भन्दा विपरित भ्रष्टचारका ठूला ठूला काण्ड जसलाई छानविनको दायरामा समेत ल्याउनको लागि सत्तापक्ष तयार भएन । उल्टो यो भ्रष्टाचार भएकै छैन भन्ने जस्ता कुरा कार्यपालिकाका प्रमुखबाट सार्वजनिक रुपमा नै भनिएको देखियो ं। यी र यस्ता नयाँ नेपालको परिकल्पना जुन सम्भव थियो वा थिएन त्यो भनिराख्नु परेन बरु त्यसै सपनाको उपज अहिले जनताले सरकारप्रतिको निराशा प्रकट गरिरहेका छन् ।
नागरिकले कोरोना जस्तो महाारीमा के नै चाहेका थिए र ? लकडाउनमा आज सम्म करिव ५ महिना वितिसक्दा पनि यसको रोकथामको लागी उचित मार्गनिर्देशन सरकारबाट नआउनु आफै कति जायज होला ? नागरिकलाई लकडाउनको नाममा घरमा थुनेर राख्ने अनि नागरिकले खान पाए पाएनन् त्यसको वास्ता नगरि आफू दलिय झगडामा अलमलिरहदाँ जनता त्यसको चेपुवामा परि रहेका छन् । सामान्य सुविधाबाट जनतालाई बन्चित बनाउँदै आफ्ना आसेपासेलाई स्वास्थ्य सम्वन्धी ठेक्का पार्न मै तल्लीन भई रहने यस्तो अवस्था सिर्जना भईरहेको छ । उच्च ओहोदाका कर्मचारी र नेताकै आफन्त भएको कम्पनीहरु स्वास्थ्य सामाग्रीको ठेक्कामा संलग्न रहनुले पनि जनतामा चरम भ्रष्टचारको आसंका पैदा गरिदिएको छ । यसले यस्तो अवस्थामा झनै संवेदनसिल हुनु पर्ने निकाय नै भ्रष्टचारको दलदलमा फस्दा जनतामा निराशा आउनु ठूलो कुरा नै भएन । यहि निराशाालाई केवल सामाजिक सञ्जाल र सडकमा देखाई रहेका छन् त्यो पनि शान्तिपूर्ण तरिकाले, यसलाई पनि दमनको निती किन लियो सर्वहारा वर्गको नेतृत्व वर्गले यो चाहिँ बुझीनसक्नु छ ।
सरकार एक पछि अर्काे अनियमितता काण्डमा मुछीनु , जनता स्वास्थ्य जस्तो आधारभूत सुविधा विना मृत्यू वरण गर्नु अझ भनौ सरकारी क्वारेन्टाइनमा छटपटाएर मर्नु , अस्पताल चहार्दा चाहार्दै ज्वरोको विरामीको मृत्यू हुनु । स्वास्थ्य सामाग्री उचित समयमा नल्याउनु मात्र हैन त्यसमा समेत चरम भ्रष्टचारको अवस्था रहनुले पनि नागरिकको असन्तुष्टी बढ्नुको प्रमुख कारण हो । दिन प्रतिदिन मागेर भेन्टीलेटर थापिरहेका सरकारका प्रतिनिधि अनी विलासी गाडीमा सरकारले गरेको खर्च र नयाँ नयाँ भ्रष्टचारका श्रृंखलाहरु आइरहनुमा एउटा नागरिकका लागी हेरेर बस्ने विषयवस्तु मात्र हुनै सक्दैन । सरकारले दश अरवको खर्च देखाएको आज २ महिना कटि सक्यो तर मानिस अझै सामान्य स्वास्थ्य परिक्षणको अभावमा बस्न बाध्य रहेका छन् । एकातिर स्वास्थ्यका आधारभुत सुविधा नपाउँदा जनतामा चरम नैराश्यता छाएको छ भने अर्का तिर आइसोलेसनमा जानको लागी मन्त्रालयको सिफारिस चाहिने सम्मका कुरा सुन्न परेको छ ।
त्यो कुन शक्ति हो जसले नेपालीलाई जतिसुकै अन्याय परे पनि सहन सक्ने शक्ति दिएका छन् हैन भने अमेरिकामा एउटा कालो वर्णको मानिसको हत्या हुँदा पुरै अमेरिका आन्दोलित भयो तर यहाँ दिन दिनै क्वारेन्टाइनमा छट्पटाएर मानिस मृत्यूवरण गर्न बाध्य भएको अवस्थामा समेत मानिसहरु विद्रोहमा उत्रेका छैनन् । यति सहनशिलता के का लागी भन्ने प्रश्न त छँदै छ तर यस्तो निरिहपनबाट समेत अझै फाइदा लिँदै राज्य व्यवस्थालाई नै भ्रष्टचारको अखडामा धकेल्नुलाई सामान्य मानवता समेत नरहेको नेतृत्वबाट अब जनताले के को आशा गर्ने ?
जब विषम् परिस्थिति सिर्जना हुन्छ त्यहाँ अवसर पनि पाइन्छ । यस्तो अवस्थामा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना जस्तो महामारीबाट देशलाई कसरी बचाउने हो अब यसको उचित निर्णय लिनका लागी नागरिक समाज, चिकीत्सक तथा विज्ञहरुको एउटा सानो समिती बनाएर त्यसलाई पुर्ण अधिकार दिएर नागरिक स्वास्थ्यको संवेदनालाई बुझेर काम गर्ने हो भने अझ पनि दिन गईसकेको छैन । यस परिस्थितिमा अझै जन चासोको विषयलाई समयमा नै सम्बोधन गरेर अगाडि वढ्ने हो भने हाल सम्म गरेका पाप पखालिने थियो की ? हैन भने इतिहासमा सबैभन्दा काम नलाग्ने र भ्रष्ट सरकारको रुपमा नाम लेखिने निश्चित छ । समय छँदै होसमा आए राम्रो ।
( याे लेखककाे व्यक्तिगत विचार मात्र हाे । )