Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php on line 6114
निजी अस्पातालले बीस प्रतिशत बेड कोभिड व्यवस्थापनमा छुट्याउनुपर्ने - Sarba Khabar

निजी अस्पातालले बीस प्रतिशत बेड कोभिड व्यवस्थापनमा छुट्याउनुपर्ने

साउन ३०, काठमाडौं । अब निजी अस्पतालले कोभिड व्यवस्थापनको लागि बीस प्रतिशत बेड छुट्याउनुपर्ने भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै उपत्यका लगायत घनाबस्ती भएका जिल्लाका शहरहरुमा संक्रमण बढ्दै गएको र अस्पतालहरुमा बेड अभाव हुँदै गएको भन्दै निजी अस्पतालहरुलाई समेत बीस प्रतिशत बेड कोभिड संक्रमितहरुको व्यवस्थापनमा छुट्याउन भनेको हो ।

साथै अस्पतालहरुमा भर्ना भई उपचार गराइरहेका बिरामीहरुलाई कोभिड पोजेटिभ देखिएपछि सोको व्यवस्थापन समेत हव अस्पतालको संयोजनमा सोही अस्पतालमा गर्न र रिफर गर्नुपर्ने अवस्था आएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा मात्र रिफर गर्न समेत भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *