साउन २८, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको कारण नेपालमा आज ८ जनाको निधन भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार वितेकोे २४ घण्टामा उक्त ८ जनाको निधन भएको हो । यससँगै नेपालमा कोरोनाको कारण निधन हुनेको संख्या ९१ पुगेको छ ।
यसैगरि मन्त्रालयले वितेको २४ घण्टामा गरिएको १०४८१ परिक्षणमा ४८४ जना नयाँ संक्रमित थपिएको समेत जानकारी गराएको छ । जसमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मात्र १०९ जना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४४३२ पुगेको छ । जसमध्ये निको भएर घर फर्किनेको संख्या १६७२६ छ ।