फ्रन्टलाईनमा काम गर्ने चिकित्सक/स्वास्थ्यकर्मीहरुलाई पीसीआर परिक्षण अनिवार्य

साउन २८, काठमाडौं । नेपालमा पछिल्लो समय कोभिड १९ को संक्रमण बढ्दै गएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै विभिन्न अस्पतालमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पीसीआर परीक्षण अनिवार्य गरेको छ ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सक / स्वास्थ्यकर्मीबाट सर्वसाधारणहरुलाई संक्रमण हुनबाट जोगाउन भन्दै  पीसीआर परीक्षण गरेर मात्र काममा लगाउन सम्पूर्ण अस्पतालहरुलाई यस्तो निर्देशन जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *