भाद्र ११, काठमाडाैं । काठमाडाैं उपत्यकामा विगत ९ दिनदेखि निशेधाज्ञा जारी रहेपनि संक्रमण बढ्दाे अवस्थामा रहेकाे छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज एकैपटक हालसम्मकै धेरै ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

