देशभर ९ सय २७ थपिए, उपत्यकामा मात्र ४ सय १५

भाद्र १२, काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार २ सय २९ परिक्षणमा देशभर उक्त संख्यामा संक्रमित भेटिएका हुन् । जसमध्ये  ४ सय १५ संक्रमित उपत्यकाका हुन्। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं जिल्लामा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा पुष्टि भएकाे याे संख्या हालसम्मकै धेरै हाे ।

यससँगै देशभर कोरोना संक्रमित को संख्या कुल ३६ हजार ४सय ५६ पुगेको छ । जसमध्ये आज १ सय ६९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २० हजार २ सय ४२ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् ।

यसैगरि आज थप १२ जनाकाे निधन भई  मृतकको संख्या १९५ पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *