देशभर थपिए ८ सय ८५ संक्रमित, ११ जनाकाे निधन

भाद्र १०, काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार २ सय ५३ परिक्षणमा देशभर ८ सय ८५ जना संक्रमित भेटिएका छन् । जसमध्ये  ३ सय १ संक्रमित उपत्यकाका हुन्। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं जिल्लामा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमित को संख्या कुल ३४ हजार ४ सय १८ पुगेको छ । जसमध्ये आज ३ सय ८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १९ हजार ५ सय ४ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् ।

यसैगरि आज थप ११ जनाकाे निधन भई  मृतकको संख्या १७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *