देशभर थपिए ८ सय १८ जना काेराेना स‌ंक्रमित

७ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार देशभर थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  जसमध्ये काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी उपत्यकामा मात्र १६६ थप  संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ । जसमध्ये आज २ सय ८१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १८ हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् भने मृतकको संख्या १५३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *