देशकै बा बन्ने मौका नगुमाउनुस के पि बा 

पृथ्विनारायण शाहाले आर्जेको यो मुलुक । मुलुक ऐकिकरण पश्चात् सबै जात जाति धर्म सस्कृतिलाई बचाउने प्रणका साथ बिजय भएर साना देशलाई आधिपत्य जमाउनुको साटो बरु त्याहाको धर्म सस्कृतिलाई बचाएर एउटा राम्रो उदाहरण बने र त्यति बेलाका राजा रजौटाले पनि हार भन्दा पनि छहारिको महसुस गरे । युद्द हो अलिकति तलमाथि त भयो होला तर आफ्नो सांराज्य फैलाएर आफ्नै कुरो लागू भने गरेनन् । काठमाण्डौ उपत्यका लगाएतका मठ मन्दिर , धार्मिक रिति थितिलाई यथावत राखे । यतिमात्र गरेनन् जिवित देवि कुमारिको पाउ समाए र सहश्र स्विकार गरे एकिकरणको विश्व ईतिहास मा यस्तो घटना विरलै भयो होला

पराईको धर्म प्रति भने पृथ्वि कठोर देखिए काठमाण्डौको एकिकरण लगतै फिरंगिहरुको धर्म छाड कि देश भनेर धेरै ईसाईहरुलाई देश छाड्न बाध्य बनाए । पादरिहरु समेतको भागाभाग गराए । जसका कारणले यो सानो मुलुकमा उनिहरुको स्वार्थ पूरा हुन पाएन ।
यहाबाट धर्म प्रचारमा दक्षिण एसियालाई र तिव्वत तथा चिनलाई समेत धार्मिक बिस्तारवादको चपेटामा पार्ने प्रयासमा पृथ्विनारायण शाहाको आगमनले ठुलो धक्का लाग्यो ।जसका कारण उनिहरुले शाहा बंश र पृथ्विनारायण शाहाको बारेमा घृणा फैलाउने योजनाबद्द काममा यहाका केही मानिस र फिरंगि लागे । यहाँ आएर कुनै केही गर्न नसक्ने अबस्थामा भएपनि वेलायत नै बसेर उनिहरुले पृथ्वि नारायण शाहा क्रुर शासक जसले आफ्ना विरोधिका अंग अंग काटेर मार्दथे , विरोधिलाई खान नदिई मार्दथे , आदि आदि कुराहरु लेख्न थाली सकेका थिए।
त्यहि अनुसार किर्तिपुरको युद्दको उन्मादमा उनिहरुले १७ धार्नि नाक काटे भनेर उल्लेख गरेका रहेछन् , जुन कुरा कहि कतै बाट पनि पुष्टि हेदैन । यति सम्म कि त्यो १७ धार्नि नाक सबै किर्तिपुर बासिको काटेर जोखे पनि त्याहा त्यति जनसंख्या नै थिएन भनेर ईतिहास विदहरुको भनाई छ ।धेरै घृणा फैलाएपनि केही हुन सकेन , तर समयको प्रतिक्षामा थिए फिरंगिहरु । महेन्द्रको राष्ट्र निर्माणको अभियान र दुरदर्शिताका कारण देशले काया पलट गर्दै थियो । एक्कासि महेन्द्रको देहवशान पछि नेपाल फेरि एक पटक रुमल्लियो , जसको फलस्वरुप विदेशि ऐजेण्डामा सहमत भएर नेपाली विभिषणहरुले यो देशलाई आत्मा निर्भर हुन नदिने र अस्थिरता निम्त्याउने ठुलो षडयन्त्रको माहोल बनाएर यहाका कांग्रेश र कम्युनिष्टले ०४६ सालमा परिवर्तनको नाममा यहाको सबै कलकारखाना , धर्म सस्कृति ,र रितिवाजलाई नै सकाउने चरम खेलमा लागेर तात्कालिन सरकारको विरुद्दमा आन्दोलन गरे जसमा भारतका चन्द्र शेखर नैआएर गणेशमानको घरमा बसेर राजतन्त्रविरोधि भाषण गरे प्रजातन्त्र घोषणा गराए । त्यसपश्चात नेपालीको दसा सुरु भयो , भएका कलकारखाना सबै बेचियो , नेपाली विदेशिन बाध्य भए ।
त्यसै क्रममा १० बर्षे गृहयुद्दमा देश फस्यो । समय कुरेर बसेका फिरंगिहरुको लागि हतियार तयार भयो । देशमा माओवादी आतंक चलि रहेको थियो , यता कांग्रेश एमाले , आफ्नोझगडामा आजको जस्तो लागि रहेका थिए । आफ्नो बुवा महेन्द्रको देश बनाउने हुटहुटिबाट प्रेरित ज्ञानेन्द्रपरिस्थिति बस राजा भएपछि , त्यहि हुटहुटिले छोएर शेरवहादुरले लगेरबुझाएको प्रजातन्त्रलाई समाल्न ३ बर्षको समय मागेर आफ्नो अध्यक्षतामा मन्त्रि मण्डल गठन गरे । यसै समयलाई सहि प्रयोग गर्नु पर्छ भने यहाका बिभिषण रुपि दलहरुलाई राखेर १२ बुदे दिल्लि सम्झौता गरेर , यो देशबाट राज सस्था हटाउन ती फिरंगि सफल भए
पटक पटक भ्याटिकन सिटिमा ईसाई राज्य खडा हुदैछ भन्ने खुसियालिमा भोज भै रहेको छ ।
आज देश जरजर अबस्थामा पुगेको छ , भारत र चिन विपरित ध्रुवमा छन् , आफ्नो ऐजेण्डामात्र हैन , आफ्नो प्र म छान्न पनि हात धोएर लागि परेका छन् । देश मा अराजकताको पराकाष्ठ नाघि सक्यो , धर्मान्तरणका लागि खुलम खुल्ला च्यालेन्ज गरि रहेको अबस्था छ । गुम्बाहरु चर्जमा परिवर्तन हुँदै छन् । एक वडा एक चर्जको कन्सेप्टमा अघि बढि रहेका छन् ।
फेरि सत्ता परिवर्तनको खेल सुरु भएका छ , अनि दिन प्रतिदिन राज सस्था र हिन्दुराज्यको पक्षमा सर्वसाधारणको मत बलियो रुपमा प्रस्तुत भई रहेका छन् । जनताको सुझाब लिने भनेर संविधान सभाको चुनाब अगाडि लिएका मतहरु रद्दि टोकरिमा फालिए । यसरी योजना बद्द रुपमा यो देशलाई आत्मा नीर्भर हुन नदिने षणयन्त्रमा फसेको छ देश ,
निकास एउटै मात्र छ हिन्दु राज्य सहितको राज सस्था । यो सम्भब होला र जनता कि त सडकमा यसरी आउन यो कि ती विदेशि शक्ति र दलालहरु स्वयम् अफ्ट्यारो परि अब यो देशमा बस्न नसक्ने अबस्था बनाई जो पृथ्विनारायण शाहाले गरेका थिए त्यसो गर्न सक्न पर्यो ।त्यो धेरै टाढा छ जुन सम्भब देखिएको छैन । यस्ता मुभमेन्टलाई १२ भाइ लगाएर निष्तेज पार्ने अबस्था रहन्छ ।
प्रचण्डको अभिव्यक्तिले पनि यो भनी रहेको छ कि के पि वलि गणतन्त्र विरोधि हुन्। उनको आसय त्यहि थियो ।
स्वतन्त्र जनता त्यहि चाहिँ रहेका छन् , स्वयम उनका नेता कार्यकर्ता पंतिमा पनि यो खालको मानसिकता देखिन्छ , अनि त्यो मत माओवादिमा त भन्न सकिएन , कांग्रेश भित्र पनि छ , यस्तो अबस्थामा एउटा स्थापित पाटि र स्थापित नेताले यो कुराको जिम्बेबारि लिएर आउने।हो भने यो देशको हितमा र स्वयम् त्यहि पाटि ठुलो शक्तिको रुपमा उदाउने निस्चित छ ।यसका लागि विदेशि प्रभु संग पंगा लिनु पर्ने हुन्छ , नेपाली प्रभुको समेत सामाना गर्नु पर्छ । सम्भब त भारतिय एक पछिए संग र चिन संग            समेत पंगा लिने आट राख्नु पर्ने हुन्छ । यसका लागि बेला बेलामा आट गरेको देखिएकोले यसको लागि उपयुक्त पात्र भनेको के पि वलिनै हुन। घरेलु शक्तिको दपेटा त छदै छ , बाह्य शक्ति संगपनि पंगा लिन सक्ने आट भएका एक नेता के पि वलि हुन् । के पि वलिले यति कुराको करेक्सनमा आफू र आफ्नो पाटिलाई होमेको खण्डमा ईतिहासमा उनका नाम सुनौलो अक्षेरले लेखिने । संसदिय भाषमा अल्झेर ०४६ साल देखिको यो खिचडी संसदमा बसेर अहिले सम्म कमाएको नाम भन्दा पनि बेइज्जत मात्र हो । आज कार्यकर्ता पंतीले आफ्नो बाध्यताले नाम लिए होलान् नत्र भने आम जनताको लागी अन्य पाटी र नेता भनेका देश लुट्ने र स्वर्थी भनेर नै चिनिएका छन् । इतिहास रच्ने मौका पटक पटक आउदैन । यस मौकालाई यदि के पि वलिले समयमा नै प्रयोग गरेर देशको राजनितीको कोर्ष करेक्सन गरेको खण्डमा उनि सदाका लागी देशकै बा हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *