कुलमान घिसिङलाई अरुण कुमार के‍‍.सी‍.काे खुल्लापत्र

आदरणिय कुलमान घिसिङ ज्यू

नमस्कार !

यो लोभि पापि भएको ठाउँमा तपाइले जनतालाई जे गर्नु भयो, अनौठो त हैन तर फटाहहरुले खाईपाई आएको कुरालाई बन्द गराई तपाइले जनताको पक्षमा काम गर्नु भयो । अनौठो छैन यसकारण भनेको कि, तपाईले विभागिय जिम्मेवारी मात्र निभाउनु भएको हो । यस अघिका देशका धमिराहरुले आफ्नो जिम्मेवारीको काम गरेका थिएनन् बरु देश र जनतालाई चुसेका मात्र थिए । यहाँ सर्प पाल्न ७२ करोड दिईन्छ, पुरानालाई काम लाग्दैन भनेर अर्काे नयाँमा कमिसन खान पाईन्छ कि भनेर दाउ हेरेर बसेकालाई लोप्पा खुवाउदै भेन्टिलेटर बनाईदिने महाविर पुनको आबिष्कार केन्द्रलाई ऋण समेत पत्याउँदैन यो सरकार ।

अरबौँ घुस खाएर खुल्लमखुल्ला जनतालाई छाति फुलाउँदै हिड्ने घुसिया माफिया समातिँदैनन् तर एक हजार घुस खाएको आरोपमा अख्तियारले समाति आत्मा हत्या गर्न बाध्य बनाउछन् यहाँ । तपाइ दुईकरोड नेपालीको मनमा बसिसक्नु भएको छ, तपाइले पढ्नु भयो भने आश्चर्य लाग्ला यसले किन तीन करोड भनेन, नेपाली तीन करोड छैनन् यहाँ बाँकिमा पार्टिको झण्डा र पार्टि मिसिएको छ, मिसिएकालाई मैले नेपाली भन्न सकिँन । कुलमान जि मैले तपाईको कार्य क्षमतालाई कुनै संका गर्न खोजेकै हाेइन । यदि शासक साँच्चै देश भक्त थिए भने, यदि शासक जनताको कुरा सुन्थे भने एक महिना अगाडि नै तपाइको नियुक्ति गर्ने थिए । उनिहरुलाई थाहा छ तपाइ नजराना चढाएर पदमा जानहुन्न , तपाइ हप्ता दिनमा जदौ गर्न सर्वहाराको सरकारमा जानुहुन्न र यति आयो यति तपाइको भाग भनेर ब्रिफकेश लिएर जानुहुन्न । तर हातमा ब्लयाङ्क चेक , गोजिमा ४ बर्ष भित्र लुटि खाने, बाँढी खाने योजना सहितको प्रत्येक हप्ता ब्राण्डेड सोमरस र कुखुराका सपेटा यसरी हजुरको चरणकमलमा पाउ पोस गर्छु ख्वामित भन्दै विद्युत प्राधिकरण लुटेर सकाउने योजना र नक्सा लिएर गई सकेका छन् । जनता र म जनता तपाइकै पक्षमा छाैँ । जनता त एम.सि.सि भन्ने को बिपक्षमा छन्, जनता डा. के. सि. को पक्षमा पनि छन् तर जनतालाइ रैति सम्म नठान्ने सर्वहारा सत्तामा छन् ।

त्यसैले समआदरणिय कुलमान सर तपाइले राजिनामा दिनुस्, तपाईको सम्मान सडकमा छ जनता तपाईको साथमा छन्, तपाइले उठ् भने म उठ्छु बस् भने म बस्छु भन्ने जनता जति पनि छन् । अब एउटा विभाग हैन पुरै देश उज्यालो बनाउनु पर्छ, पुरै देशका भ्रष्टचारि, घुसखोर, राजनैतिक बिचौलिया र दलालहरुलाई जरै देखि उखेलेर फाल्न सक्ने योजना भएका तपाइ जस्ता मानिसले अब यो देशको विद्युत मात्र हैन हरेक नेपालीको मुहारमा उज्यालो छर्ने शंखघोस गर्नु पर्छ । कुलमान सर अब तपाइ विद्युत प्राधिकरणको निर्देशक हाेइन यो देशको निर्देशक हुनु पर्छ ।

उहि

अरुण कुमार के‍.सी

काठमाडाैं

२०७७ भाद्र २८

One thought on “कुलमान घिसिङलाई अरुण कुमार के‍‍.सी‍.काे खुल्लापत्र

  1. गतिलो झापड सरकार पक्षलाई, स्वादिलो पापड कुलमानजीलाई । धन्यवाद लेखकलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *