काठमाडाै‌ंमा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न छुट

भाद्र ७, काठमाडौं । गत भाद्र ३ गते राती १२ बजेदेखि जारी निशेधाज्ञाका कारण अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन सम्बन्धमा अन्यौलता देखिएपछि आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै अत्यावश्यक वस्तुमध्ये खाद्यवस्तु, दुध (दुग्धजन्य पदार्थ), फलफूल तरकारी, माछामासु आदि विक्रिवितरण गर्ने पसलहरु विहान ९ः१५ सम्म खोल्न पाउने जानकारी गराएको छ ।

त्यसैगरी अत्यावश्यक वस्तु र सेवामध्ये औषधी, पानी र स्वास्थ्य सामग्री विक्रि वितरण गर्ने पसल व्यवसाय भने जुनसुकै समयमा पनि निर्वाध सञ्चालन गर्न पाउने जानकारी गराएको छ । जारी निशेधाज्ञा भाद्र १० गते राती १२ बजेसम्म कायम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *