आज देशभर ८ सय ८४ जनामा स‍ंक्रमण पुष्टि, उपत्यकामा मात्र १ सय ८६

भाद्र १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर थप  ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा ११ हजार ५ सय १६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । जसमा ३ सय ४२ महिला र ६ सय ५२ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार  आज काठमाडाैं उपत्यकामा मात्र १८६ जना संंक्रमित थपिएका छन् । जसमध्ये काठमाडाैं १५५ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *