मदन भण्डारी फाउन्डेशनको आयोजनामा ७ दिने पत्रकारिता तालिम सम्पन्न

साउन २४, काठमाडौं । मदन भण्डारी फाउन्डेशन काठमाडौ जिल्ला कमिटीको आयोजनामा सुशासन र संवृद्धिका लागि संचार विषयक ७ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

काठमाडौं जिल्लाका बुढानिलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकाका प्रत्येक वडाबाट २० देखि २५ बर्ष उमेर समूहका युवाहरुको सहभागिता रहेको उक्त तालिममा पत्रकारिता विषयका विज्ञहरु  डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, गोपाल खनाल, प्रकाश सिलवाल, राजेन्द्र अर्याल, गोकुल घर्ती, घनश्याम कोइराला, रामशरण प्याकुरेल, कविता अधिकारी, कविता थापा, यशोदा अधिकारी लगायतले पत्रकारिता, लेखन शैलि, रेडियो, टेलिभिजन, अनलाईन पत्रकार आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

सूचना प्रविधिको युगमा युवाहरुलाई पत्रकारिताको ज्ञान प्रदान गर्दै नेत्रित्व विकाश गर्न तालिम आयोजना गरिएको तालिम व्यवस्थापनका संयोजक इन्द्रबहादुर महर्जनले बताए ।

काठमाडौं जिल्लाका १३८ ओटै वडाका युवाहरुलाई पत्रकारिता तालिम प्रदान गर्ने अभियान प्रयोगात्मक र सैदान्तिक गरेर ९० दिन संचालन हुने जानकारी दिँदै मदन भण्डारी फाउन्डेशन काठमाडौंका अध्यक्ष दिपक निरौलाले दोस्रो चरणको तालिम साउन २६ गतेबाट कलंकीमा सुरु हुने बताए ।

विभिन्न विषयहरुमा स्थलगत अध्ययन सहित गरिएको उक्त तालिमले पत्रकारिता र नेत्रित्व विकाश सम्बन्धि महत्वपूर्ण आधारभूत ज्ञान र सिप प्रदान गरेको तालिमका सहभागी मदन भण्डारी फाउन्डेशन टोखा नगरकमिटीका अध्यक्ष बेखा नारायण डंगोलले बताए । उक्त तालिम काठमाण्डौंको बसुन्धरा मा रहेको बसुन्धरा ब्याङ्केटमा साउन १८ गतेदेखि २४ गतेसम्म संचालन भएको थियो।

                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *