खै कसले बचाइदेला याे देश ?

खै कसले बचाई देला यो देश
एक जना डिग्री होल्डर विद्धान मित्र संग भेट भयो , अब त केहि गरौ न यो समाज यस्तो हालतमा रहनुमा हामी पनि दोषी छौ त । हामी त्यो दोस पखाल्न सक्छौ । कसरी उसले मलाई प्रश्न गर्यो । आज सम्म हामीले जुन पाटी भनेर लाग्यौ यो अबस्था कहिले परिवर्तन भएन । जनता जहिले पनि पिडामा यो अबस्था परिवर्तन गर्न नसके पनि परिवर्तन अहिले नभए पनि हामीले गोरेटो कोर्न सक्छौ भविष्यका लागी । के गर्नु पर्यो? उहाले फेरी प्रश्न सोध्नु भयो । मैले भने अब यो वा त्यो बाद नभनी राम्रा र असल मान्छे पाटीमा भएपनि जिताउने अभियान सुरु गरौ । उहाँको जबाफ थियो । माफ गर्नुस म चाडैनै उप कुलपति हुदै छु । म यो मौका म गुमाउन सक्दिन्

मन मनै सोचे अब यो देशलाई कसले त्राण देला ? एक जना निजी स्कुलका प्रधानध्यापक संग भेटघाटको क्रममा उहाँ बढो गर्वका साथ भन्दै हुनुहुन्थ्यो पहिलो पटक कोभिडको खोप आउदाँ मानिसहरु धेरै लाइन लागेर बसे , दशौ घण्टा , म त एक छिनमा त्यो एउटा कार्ड देखाएर मैले त पहिलो पटकनै लगाए। म मन मनै सोची रहे हे भगवान यो देश कसले बचाउला , ऊ निजी स्कुलको मालिक अझै भनौ प्रधानध्यापक , अनि उसको मातहतमा कर्मचारी , उसको आश्रयमा कति विद्यार्थी ,अभिभावक अनि उसलाई आफुले त्यो पनि पालो मिचेर शक्तिको भरमा लगाउदा उहाँको खुसीको सिमा नै थिएन ।

एक जना दलित मानिस उसले कतै बाट सिफारीस ल्याएर निजी स्कुलमा निशुल्क पढ्नको लागी भनेर उसले हातमा सिफारिस लिएर एउटा विद्यालयमा पुगेछ र त्याहा ऊ जोड जोडका साथ कराउदै रहेछ मेरो छोरोले यो विद्यालयमा निशुल्क पढ्न पाउनु पर्छ । प्रधानअध्यापक भन्दै थिए तपाई सुन व्यापारी तपाई करोडौको सुन बेच्नु हुन्छ , अनि त्यत्रो पसल छ अनि तपाई भन्दा गरिव यहाँ अर्काेलाई दिई सकेको छ । त्यो गरिबको कोटा तपाई खोस्न नखोज्नुस न । अनि उ प्रभावशाली दलित भन्दै हुनुहुन्थ्यो अब म आयोग गएर तपाईहरु सवैलाई ठिक गर्छु । अनि मन मनै सोचे यो कोटा पनि त त्यो गरिबको लागी हैन रहेछ त्यो त प्रभावशालि जो सिफारिस ल्याउन सक्छ , अनि धम्क्याउन सक्छ उसको लागी पो रहेछ । अनि मन मनै प्रश्न गरे यो देश कसले बचाई देला ?
त्यस्तै एउटा किराना व्यापारि संगको संगतमा उसले दुइथरि मुल्यको तेलको पोका थमाएर बढेको भाउमा सवै हिसाब गरेर तेल दिदै रहेछ ।अनि साहुजी यो के गर्नु भएको यो पोकामा त २० रुपैया सस्तो छ अनि यो सवैको उहि मोल राख्नु भएछ । व्यापारी यो महंगो भएर आयो यो महंगो भएको रेटमा नदिए हामी घाटामा परि हाल्छौ । अनि उहाँले फेरी प्रश्न गर्दा तपाईलाई चाहिदैन भने नलानु होला तर प्रश्न नगर्नु किन त्यस्तो भयो ? निरिह ग्राहाक चुपचाप तेल लिएर गयो ,साहेद उसलाई भरे छाक टार्नु थियो । यस्तैमा एउटा ग्राहक दुइकार्टुन तेल माग्दै भन्यो हेर्नुस साहुजी अब तेल नआउन सक्छ किन कि युक्रेनमा युद्धका कारण त्याहाबाट सुर्यमुखीको विया निर्यात हुन छाडेको छ । सकिन्छ भने अर्काे दुइ कार्टाैन पनि दिनुस मलाई के गर्ने तेल आएन भने महंगो यसै हुन्छ त्याहा माथि भान्छा चलाउन पो गारो हुन्छ ।उहाँको त्यो बहादुरीको साछी बस्दै मनमनै सोचे उहाँलाई पनि त आफ्नै चिन्ता थियो ।

सरकारको कुरै नगरौ , विधुत नेपालको , अनि तेल बाहिर बाट खरिद गर्न पर्नै , दैनिक कति करोडको विजुली बेच्छ रे , अनि विधुतिय कारमा भारि कर लगाएर घाटा हुने तेल किन्छ । नेपालीलाइ विधुतमा महंगाे महसुल अनि भारतलाइ विजुली सस्ताेमा बेचेर पैषा कमाउछ सरकार । मन्त्रि कार्य क्षमताको आधारमा हैन आलो पालो छानिन्छन् । न्यायलयको कुरा त अब भनि राख्नु परेन ,करोडौको काण्ड सार्वजनिक मिडीयामा आएकै छ । मालपोत कार्यलय , यातायात व्यबस्था कार्यलय , सरकारी सवै कार्यलय , अनि विद्यालय, भन्सार , कृषिमा दिने अनुदान , अनुदान व्याज , किराना पसले , स्कुल संचालक , प्राध्यापक, वकिल , न्याधिस, मन्त्रि , सांसद, मेयर, भुइमान्छे सवका सबलाइ याे देश बनाउने भन्दा पनि  आफु कसरी बन्ने भन्ने नै चिन्ता सताइ रहेकाे छ ।

           यि सवै हेर्दा को तयार छ त यहाँ काम गर्नको लागी ? को तयार छ त यहाँ यो देशमा परिवर्तनका लागी? यसमा नेता देखि त्यता सम्म, हाकिम देखि पिउन सम्म , अनि समाजका प्रभुत्व वर्ग सम्म आफ्नै दुनो सोज्झ्याउन पटि नै व्यस्त । यो देशको चिन्ता त मुठी भरको मानिसमा मात्र छ । यो मुठि भरका मानिसले तै पनि अलि अलि आवाज त उठाइ रहेका छन तर त्यो आवाज बसेर बोले सुन्दैन , उठेर बोले हावाले उडाएर लान्छ भनेको जस्तो छ ।
यो समाज परिवर्तन कसले गर्ने ? कहिले गर्ने र कसरी गर्ने धेरै दुर छितिजमा पनि आभाष हुन सकेको छैन । खै कसले बचाइ देला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *