शिव कैलाश कला मन्दिरले पायाे अवार्ड

६ वैशाख काठमाडाैं । साउथ एसियन रिजिनल कन्ट्रि ब्रिरिलाइन्स अवार्ड एण्ड कल्चर प्रोग्राममा शिव कैलाश कला मन्दिरले अवार्ड पाएकाे छ ।  पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोईराला प्रमुख अथितिका रुपमा रहेकी उक्त अवार्ड कार्यक्रममा   विशिष्ठ अतिथिमा भारतीय पार्टीका नेता डा. दिनेश उपाध्याय रहेका थिए ।

अवार्ड कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आर्ट एण्ड कल्चर क्याटेगोरीबाट शिव कैलाश कला मन्दिरले अवार्ड प्राप्त गर्न सफल भएको छ ।
सोही कार्यक्रममा शिव कैलाशका नृत्य नृर्देशक नारायण रिजाल ,मोडल तथा नृत्य निर्देशक रेनुका रिजाल, मोडल तथा नृत्य निर्देशक रोशन बुढाथोकी,नृत्य कलाकार यमुना पिठकोटे मगर,उज्जल कार्की, प्रज्ञा कर्की,स्नेहा थापा मगर,अलिना गुरुङ ,भरत पुतुवारलाई सम्मान गरिएको छ ।
अवार्ड कार्यक्रममा शिव कैलाश कलामन्दिरको तप्प नृत्य ,तामाङ सेलो , झ्याउरे ,झांगड लगायतको नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएको थियो । नेपाल बंगलादेश मैत्री संघका अध्यक्ष श्री दिन दयाल रिजाल नेपालको समन्वयमा भएको उक्त कार्यक्रम वल्र्ड बुक अफ स्टार रेकर्ड्स ईन्डियाले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *