कार्तिक २९, काठमाडाै । टाेखा नगरपालिकाले यहि कार्तिक ३० गते सम्मान कार्यक्रम गर्ने भएकाे छ ।
नगरपालिकामा जनप्रतिनिधिहरु बहाल भएपश्चात हालसम्म नगरपालिकालाई विभिन्न माध्यमबाट सहयाेग गर्ने सहयाेगी दाताहरुलाई एक विशेष समाराेहका बीच सम्मान कार्यक्रम आयाेजना गर्न लागिएकाे कुरा नगर प्रमुख प्रकाश अधिकारीले सर्वखबर लाइ जानकारी दिनुभयाे ।
पूर्व उपप्रधानमन्त्री माननीय ईश्वर पाेखरेल ज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रम टाेखा स्थित सद्भाव बैङ्केटमा आयाेजना हुँदैछ भने साेही कार्यक्रममा नगरपालिकामा भएका मुख्य उपलब्धि तथा प्रगतिहरु सहितकाे सार्वजनिक सुनुवाई समेत हुनेछ ।

