जालपा पुस्तकालयको मुखपत्र “जालपा” विमोचन सम्पन्न

आश्विन २४, काडमाडौं । टोखा नगरपालिका वडा नं. ८ स्थित जालपा पुस्तकालयले आज एक कार्यक्रम गरि आफ्नो मुखपत्र “जालपा” विमोचन गरेको हो ।

टोखा नगरपालिका वडा नं. ८ मा रहेको प्यारामाउन्ट एकेडेमीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी, टोखा न.पा वडा नं ८ का वडाअध्यक्ष केशब बहादुर खत्री, पुस्तकालयका अध्यक्ष नर बहादुर बि.सी. लगायतले संयुक्त रुपमा उक्त मुखपत्र विमोचन गरेका थिए ।

मुखपत्र विमोचन पश्चात बोल्दै नगरप्रमुख प्रकाश अधिकारीले पुस्तकालयका पदाधिकारीहरुलाई धन्यवाद दिँदै टोखा नगरपालिकामा स्थापना भएका पुस्तकालयले आम मानिसमा पारेको सकारात्मक प्रभावको चर्चा गर्दै आफ्ना नागरिकलाई शैक्षिक जागरण गर्नमा नगरपालिकाको तर्फबाट सदैव सहयोग रहने विश्वास समेत दिलाएका थिए ।

नेपालीहरुको महान पर्वहरुको पूर्वसन्धयामा आयोजीत उक्त कार्यक्रममा उपस्थित अतिथीहरुले वडा दशैँ, तिहार, छठ पर्व, नेपाल संवतको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष नर बहादुर बि.सीले पुस्तकालय व्यवस्थापन, तथा मुखपत्र प्रकाशन गर्ने क्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *