उपत्यकामा जारी निशेधाज्ञा एक साताका लागि थपियाे

भाद्र १०, काठमाडाैं । काठमाडौं उपत्यकामा जारी रहेको निशेधाज्ञा एक साताको लागि थपिएकाे छ । आज बसेकाे काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निशेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।

निर्णयअनुसार जारी निशेधाज्ञा अब भाद्र १७ गते राति १२ बजेसम्मका लागि  कायम रहनेछ । उपत्यकामा कोभिड १९ को संक्रमण निरन्तर बढिरहेकोले यसलाई रोकथाम तथा नियन्त्रण गर्न भन्दै निशेधाज्ञाकाे समय थप गरिएकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

हेर्नुहाेस् सूचना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *