देशभर ७ सय ४३ थपिए, उपत्यकामा मात्र २ सय २४

 

भाद्र ८, काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार २ सय ३४ परिक्षणमा देशभर ७ सय ४३ जना संक्रमित भेटिएका छन् । जसमध्ये  २ सय २४ संक्रमित उपत्यकाका हुन्। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमित को संख्या कुल ३२ हजार ६सय ७८ पुगेको छ । जसमध्ये आज १ सय ७५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १८ हजार ८ सय ६ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् ।

यसैगरि आज थप ८ जनाकाे निधन भई  मृतकको संख्या १५७ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *