राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार  राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

केही समयदेखि बिरामी रहेका उनको निधन १ सय १ वर्षको उमेरमा भएको हो । घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।

 

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *