काठमाडौंकाे मनमैंजुमा नुवाकोटका युवककाे छुरा प्रहार गरी हत्या

३० साउन, काठमाडाैँ । काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या गरिएकाे छ ।

मनमै‌ंजुस्थित  सुमन गोर्खा खाजा घरमा भएकाे विवादपछि नुवाकोटको  लक्ष्मण तामाङको हत्या भएको हाे । तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर तामाङको हत्या गरेको हाे ।

उनिहरूबीच भनाभनपछि विवाद हुँदा तामाङमाथि छुरा प्रहार भएकाे थियाे । छुरा प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

लक्ष्मणमाथि छुरा प्रहार गर्ने दोर्जे तामाङ फरार भएका छन् । उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको टोली खटिएको छ । मृतक नुवाकाेट कुन ठाउँका थिए भन्ने खुल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *