साउन २१, काठमाडाैं । नेपाल सरकारद्वारा भाेली साउन २२ गतेदेखि लागु हुने गरि निजी तथा सार्वजनीक यातायातमा जाेर बिजाेर लागु गरेकाे छ ।
काठमाडाैं उपत्यका लगायत देशैभर काेराेना ( काेभिड १९ ) काे संक्रमण बढेकाे र त्यसकाे राेकथामकाे लागी भन्दै नेपाल सरकार, गृह मन्त्रालयले अाज एक विज्ञप्ती जारी गरी २०० भन्दा बढि सक्रिय केश भएकाे जिल्लामा जाेर बिजाेर प्रणाली लागु गरेकाे हाे । साथै नेपाल सरकारकाे निणर्य बमाेजिम अावागमन अनुमति पाएका व्यक्ति बाहेक हुने अावागमनलाइ राेक्नुका साथै हाेटल, रेस्टुरेण्टमा हुने सामूहिक भाेज , पार्टी, सेमिनार वा अन्य गतिबिधी समेत निषेध गरिएकाे विज्ञप्तिमा जनाइएकाे छ ।


