लायन्स क्लबद्वारा दृष्टिबिहिन विद्यार्थीहरुलाई सहयाेग

साउन २५, काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं मिलनले आज एक कार्यक्रमका बिच दृष्टिबिहिन विद्यार्थीहरुका लागि खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक सेवाका कार्यमा अग्रपङ्तिमा रहेर कार्य गर्ने लायन्स क्लब अफ काठमाडौं मिलनले नेपालमा लायन्स क्लब स्थापना भएको पचास बर्ष पुगेको अवसरमा डिस्ट्रिक्ट गभर्नर लायन मन बहादुर रोकाको आह्वानसँगै तारकेश्वर नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीनारायण मा.वि. को संरक्षणमा रहेका १६ जना दृष्टिबिहिन विद्यार्थीहरुका लागी रु ३००००।— बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरेको थियो ।
लायन्स डिस्ट्रिक्टका पदाधिकारी लायन शिवराम फुयाँल, लायन श्यामकृष्ण फुयाँल, लायन अरुण कुमार खड्का लगायतको उपस्थितीमा भएको उक्त कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लायन विवेक कुमार धितालले आवश्यकता अनुसार यस्तै प्रकारका सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *