१६ साउन, काठमाडाैं । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ अन्तर्गतका दुइवटा क्लबका चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।
लायन्स क्लब अफ काठमाडाैं बाग्मती टाउनले स्पाेन्सर गरेकाे क्लब लायन्स क्लब अफ काठमाडाैं बाग्मती सिटी र लायन्स क्लब अफ काठमाडाैं नर्थवेष्ट ले स्पाेन्सर गरेकाे लायन्स क्लब अफ काठमाडाैं अाराेग्य नेपालकाे संयुक्त रूपमा चार्टर हरस्तान्तरण कार्यक्रमकाे अायाेजना डिस्ट्रिक्टका पदाधिकारीहरूकाे उपस्थितिमा बसुन्धरा स्थित दियालाे फुडल्याण्डमा सामाजिक दुरी कायम गर्दै गरिएकाे थियाे ।
उक्त कार्यक्रममा अाज मात्र अाफ्नाे चार्टर सर्टिफिकेट प्राप्त गरेका गर्दा दुबै क्लबका संस्थापक अध्यक्षहरूले अागामी दिनमा समाजसेवामा अझ सक्रिय भएर लाग्ने कुरा उपस्थित लायन लिडर तथा सदस्यहरूमाझ व्यक्त गरे ।

