भाद्र २८, काठमाडौं । सरकारले सरकारी र निजी सबै ल्याबमा गरिने कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अबदेखि दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।
रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो भने पछिल्लो समय त्यसलाई घटाएर ४ हजार ४ सय रुपैयाँ बनाइएको थियो ।

