टोखा नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु २१ दिन सम्मको लागि बन्द

साउन २७, काठमाडौं । टोखा नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाईरस (कोभिड १९) हाल नेपालमा समेत तिब्र रुपमा फैलिएको विषयलाई दृष्टिगत गर्दै नगर क्षेत्रभित्र समुदायस्तरमा कोभिड १९ संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु २१ दिन सम्मको लागि बन्द गरिएको आज साउन २१ गते एक सूचना प्रकाशित गरि जानकारी गराएको छ । साथै सबै खालको सामूहिक गतिबिधी, कार्यक्रम,  जात्रा, पर्व स्थगित गर्न , सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सुरक्षित रहने समेत आफ्ना नागरिकहरुलाई आग्रह समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *