आज देशभर भेटिए १ हजार १ सय ११ जना काेराेना स‌ंक्रमित

भाद्र ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा १२ हजार ६ सय २९ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । जसमा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *