समन्वय नगरी बिरामी रिफर गर्न नपाइने

भाद्र १४, काठमाडौं । अब कुनै पनि अस्पतालमा उपचार गराईरहेको बिरामीलाई अन्य अस्पतालमा रिफर गर्दा रिफर गरिने अस्पतालसँग समन्वय गर्नुपर्ने भएको छ । साथै रिफर गर्दा स्वास्थ्यकर्मि समेत बिरामीसँगै व्यवस्था भएको हुनुपर्ने छ ।
अस्पतालहरुले समन्वय नगरी बिरामीलाई रिफर गर्दा बिरामी र उनका आफन्तले समेत दुःख पाउनुका साथै निधन हुनेको संख्या बढ्दै गएको भन्दै उक्त व्यवस्था गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत अनुरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *