भागवत वाणीद्वारा क्यान्सर पिडितलाई सहयोग संकलन

भाद्र २२, काठमाडौं । भागवात वाणी ज्ञान सरोवरले ब्लड क्यान्सर पिडित शिवराम कुँइकेलको सयोगार्थ सहयोग संकलन अभियान सुरु गरेको छ ।
चितवनको देवघाट वेदाङ्ग संस्कृत गुरुकुलमा कक्षा १० मा पढ्दै गर्दा ब्लड क्यान्सरले थलिएका नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नं. ४ का १७ बर्षिय कुँइकेल हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका छन् । कलिलै उमेरमा क्यान्सर जस्तो जटिल रोगबाट थलिएका उनको उपचारमा आर्थिक अभावले समस्या सिर्जना हुँदै गएपछि उनका बुबा भरत प्रसाद कुँइकेलको अनुरोधमा भागवत वाणी ज्ञान सरोवर नामक फेसबुक पेँजबाट नियमित सञ्चालन हुँदै आएको धार्मिक प्रश्नोत्तर कार्यक्रममार्फत कार्यक्रम सञ्चालक ज्यो. पण्डित वरदान थपलियाले सहयोगको अपिल गरेका थिए । कार्यक्रमको १२४ औँ श्रृङ्खलाबाट सुरु गरिएको उक्त अभियानमा सोही दिनको कार्यक्रममानै सहभागीहरुका साथै देशविदेशबाट समेत गरी १ लाख ५० हजार भन्दा बढी सहयोग रकमको प्रतिबद्धता आएको र संकलन समेत भइरहेको उक्त कार्यक्रम सञ्चालक तथा सहयोग संकलनका अभियन्ता पण्डित वरदान थपलियाले सर्वखबर लाई जानकारी गराए ।

सहयोगको लागिः

जनार्दन कुँइकेल ९८५११३६०३९
वरदान थपलियाः ९८४१६७९२५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *