देशभर १ हजार १६ थपिए, काठमाडौंमा मात्र २ सय ६

भाद्र २, काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४ सय ६१ परिक्षणमा देशभर १ हजार १६ जना संक्रमित भेटिएका छन् । पुष्टि भएको संक्रमण हालसम्मकै धेरै हो । यससँगै देशभर कोरोना संक्रमित को संख्या कुल २८ हजार २ सय पचहत्तर पुगेको छ ।

आज उपत्यकामा मात्र २ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *