उपत्यकामा आजसम्मकै धेरै एकैदिन १७२ जनामा संक्रमण पुष्टि

साउन ३२, काठमाडाैं । वितेकाे २४ घण्टामा गरिएकाे १२२७४ परीक्षणमा देशभर ६४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये उपत्यकाका जिल्लाहरु काठमाडौंमा १२६ जना, ललितपुरमा  ३८ जना र भक्तपुरमा ८ जना छन् । यसरी काठमाडाैं उपत्यकामा हालसम्मकै धेरै १७२ जना संक्रमित थपिएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभरमा कोरोना संक्रमणबाट १३४ जना निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या भने १७ हजार ३३५ रहेको छ ।

आजै नेपालमा थप २ जनाकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ । निधन हुनेमा पर्साका एक पुरूष र मोरङका एक महिला रहेका छन् ।  अहिलेसम्म १०४ जना काेराेना संक्रमितकाे निधन भइसकेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *