आज एकैदिन १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १४, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएकाे १२ हजार ७ सय १७  परीक्षणमा  ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । उनीहरुमध्ये २ सय २१ जनाको मृत्यु भएको छ भने २० हजार ८ सय २२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ सय ६७ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *