wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php on line 6114The post देशकै बा बन्ने मौका नगुमाउनुस के पि बा appeared first on Sarba Khabar.
]]>पराईको धर्म प्रति भने पृथ्वि कठोर देखिए काठमाण्डौको एकिकरण लगतै फिरंगिहरुको धर्म छाड कि देश भनेर धेरै ईसाईहरुलाई देश छाड्न बाध्य बनाए । पादरिहरु समेतको भागाभाग गराए । जसका कारणले यो सानो मुलुकमा उनिहरुको स्वार्थ पूरा हुन पाएन ।
यहाबाट धर्म प्रचारमा दक्षिण एसियालाई र तिव्वत तथा चिनलाई समेत धार्मिक बिस्तारवादको चपेटामा पार्ने प्रयासमा पृथ्विनारायण शाहाको आगमनले ठुलो धक्का लाग्यो ।जसका कारण उनिहरुले शाहा बंश र पृथ्विनारायण शाहाको बारेमा घृणा फैलाउने योजनाबद्द काममा यहाका केही मानिस र फिरंगि लागे । यहाँ आएर कुनै केही गर्न नसक्ने अबस्थामा भएपनि वेलायत नै बसेर उनिहरुले पृथ्वि नारायण शाहा क्रुर शासक जसले आफ्ना विरोधिका अंग अंग काटेर मार्दथे , विरोधिलाई खान नदिई मार्दथे , आदि आदि कुराहरु लेख्न थाली सकेका थिए।
त्यहि अनुसार किर्तिपुरको युद्दको उन्मादमा उनिहरुले १७ धार्नि नाक काटे भनेर उल्लेख गरेका रहेछन् , जुन कुरा कहि कतै बाट पनि पुष्टि हेदैन । यति सम्म कि त्यो १७ धार्नि नाक सबै किर्तिपुर बासिको काटेर जोखे पनि त्याहा त्यति जनसंख्या नै थिएन भनेर ईतिहास विदहरुको भनाई छ ।धेरै घृणा फैलाएपनि केही हुन सकेन , तर समयको प्रतिक्षामा थिए फिरंगिहरु । महेन्द्रको राष्ट्र निर्माणको अभियान र दुरदर्शिताका कारण देशले काया पलट गर्दै थियो । एक्कासि महेन्द्रको देहवशान पछि नेपाल फेरि एक पटक रुमल्लियो , जसको फलस्वरुप विदेशि ऐजेण्डामा सहमत भएर नेपाली विभिषणहरुले यो देशलाई आत्मा निर्भर हुन नदिने र अस्थिरता निम्त्याउने ठुलो षडयन्त्रको माहोल बनाएर यहाका कांग्रेश र कम्युनिष्टले ०४६ सालमा परिवर्तनको नाममा यहाको सबै कलकारखाना , धर्म सस्कृति ,र रितिवाजलाई नै सकाउने चरम खेलमा लागेर तात्कालिन सरकारको विरुद्दमा आन्दोलन गरे जसमा भारतका चन्द्र शेखर नैआएर गणेशमानको घरमा बसेर राजतन्त्रविरोधि भाषण गरे प्रजातन्त्र घोषणा गराए । त्यसपश्चात नेपालीको दसा सुरु भयो , भएका कलकारखाना सबै बेचियो , नेपाली विदेशिन बाध्य भए ।
त्यसै क्रममा १० बर्षे गृहयुद्दमा देश फस्यो । समय कुरेर बसेका फिरंगिहरुको लागि हतियार तयार भयो । देशमा माओवादी आतंक चलि रहेको थियो , यता कांग्रेश एमाले , आफ्नोझगडामा आजको जस्तो लागि रहेका थिए । आफ्नो बुवा महेन्द्रको देश बनाउने हुटहुटिबाट प्रेरित ज्ञानेन्द्रपरिस्थिति बस राजा भएपछि , त्यहि हुटहुटिले छोएर शेरवहादुरले लगेरबुझाएको प्रजातन्त्रलाई समाल्न ३ बर्षको समय मागेर आफ्नो अध्यक्षतामा मन्त्रि मण्डल गठन गरे । यसै समयलाई सहि प्रयोग गर्नु पर्छ भने यहाका बिभिषण रुपि दलहरुलाई राखेर १२ बुदे दिल्लि सम्झौता गरेर , यो देशबाट राज सस्था हटाउन ती फिरंगि सफल भए
पटक पटक भ्याटिकन सिटिमा ईसाई राज्य खडा हुदैछ भन्ने खुसियालिमा भोज भै रहेको छ ।
आज देश जरजर अबस्थामा पुगेको छ , भारत र चिन विपरित ध्रुवमा छन् , आफ्नो ऐजेण्डामात्र हैन , आफ्नो प्र म छान्न पनि हात धोएर लागि परेका छन् । देश मा अराजकताको पराकाष्ठ नाघि सक्यो , धर्मान्तरणका लागि खुलम खुल्ला च्यालेन्ज गरि रहेको अबस्था छ । गुम्बाहरु चर्जमा परिवर्तन हुँदै छन् । एक वडा एक चर्जको कन्सेप्टमा अघि बढि रहेका छन् ।
फेरि सत्ता परिवर्तनको खेल सुरु भएका छ , अनि दिन प्रतिदिन राज सस्था र हिन्दुराज्यको पक्षमा सर्वसाधारणको मत बलियो रुपमा प्रस्तुत भई रहेका छन् । जनताको सुझाब लिने भनेर संविधान सभाको चुनाब अगाडि लिएका मतहरु रद्दि टोकरिमा फालिए । यसरी योजना बद्द रुपमा यो देशलाई आत्मा नीर्भर हुन नदिने षणयन्त्रमा फसेको छ देश ,
निकास एउटै मात्र छ हिन्दु राज्य सहितको राज सस्था । यो सम्भब होला र जनता कि त सडकमा यसरी आउन यो कि ती विदेशि शक्ति र दलालहरु स्वयम् अफ्ट्यारो परि अब यो देशमा बस्न नसक्ने अबस्था बनाई जो पृथ्विनारायण शाहाले गरेका थिए त्यसो गर्न सक्न पर्यो ।त्यो धेरै टाढा छ जुन सम्भब देखिएको छैन । यस्ता मुभमेन्टलाई १२ भाइ लगाएर निष्तेज पार्ने अबस्था रहन्छ ।
प्रचण्डको अभिव्यक्तिले पनि यो भनी रहेको छ कि के पि वलि गणतन्त्र विरोधि हुन्। उनको आसय त्यहि थियो ।
स्वतन्त्र जनता त्यहि चाहिँ रहेका छन् , स्वयम उनका नेता कार्यकर्ता पंतिमा पनि यो खालको मानसिकता देखिन्छ , अनि त्यो मत माओवादिमा त भन्न सकिएन , कांग्रेश भित्र पनि छ , यस्तो अबस्थामा एउटा स्थापित पाटि र स्थापित नेताले यो कुराको जिम्बेबारि लिएर आउने।हो भने यो देशको हितमा र स्वयम् त्यहि पाटि ठुलो शक्तिको रुपमा उदाउने निस्चित छ ।यसका लागि विदेशि प्रभु संग पंगा लिनु पर्ने हुन्छ , नेपाली प्रभुको समेत सामाना गर्नु पर्छ । सम्भब त भारतिय एक पछिए संग र चिन संग समेत पंगा लिने आट राख्नु पर्ने हुन्छ । यसका लागि बेला बेलामा आट गरेको देखिएकोले यसको लागि उपयुक्त पात्र भनेको के पि वलिनै हुन। घरेलु शक्तिको दपेटा त छदै छ , बाह्य शक्ति संगपनि पंगा लिन सक्ने आट भएका एक नेता के पि वलि हुन् । के पि वलिले यति कुराको करेक्सनमा आफू र आफ्नो पाटिलाई होमेको खण्डमा ईतिहासमा उनका नाम सुनौलो अक्षेरले लेखिने । संसदिय भाषमा अल्झेर ०४६ साल देखिको यो खिचडी संसदमा बसेर अहिले सम्म कमाएको नाम भन्दा पनि बेइज्जत मात्र हो । आज कार्यकर्ता पंतीले आफ्नो बाध्यताले नाम लिए होलान् नत्र भने आम जनताको लागी अन्य पाटी र नेता भनेका देश लुट्ने र स्वर्थी भनेर नै चिनिएका छन् । इतिहास रच्ने मौका पटक पटक आउदैन । यस मौकालाई यदि के पि वलिले समयमा नै प्रयोग गरेर देशको राजनितीको कोर्ष करेक्सन गरेको खण्डमा उनि सदाका लागी देशकै बा हुने छन् ।
The post देशकै बा बन्ने मौका नगुमाउनुस के पि बा appeared first on Sarba Khabar.
]]>The post खै कसले बचाइदेला याे देश ? appeared first on Sarba Khabar.
]]>मन मनै सोचे अब यो देशलाई कसले त्राण देला ? एक जना निजी स्कुलका प्रधानध्यापक संग भेटघाटको क्रममा उहाँ बढो गर्वका साथ भन्दै हुनुहुन्थ्यो पहिलो पटक कोभिडको खोप आउदाँ मानिसहरु धेरै लाइन लागेर बसे , दशौ घण्टा , म त एक छिनमा त्यो एउटा कार्ड देखाएर मैले त पहिलो पटकनै लगाए। म मन मनै सोची रहे हे भगवान यो देश कसले बचाउला , ऊ निजी स्कुलको मालिक अझै भनौ प्रधानध्यापक , अनि उसको मातहतमा कर्मचारी , उसको आश्रयमा कति विद्यार्थी ,अभिभावक अनि उसलाई आफुले त्यो पनि पालो मिचेर शक्तिको भरमा लगाउदा उहाँको खुसीको सिमा नै थिएन ।
एक जना दलित मानिस उसले कतै बाट सिफारीस ल्याएर निजी स्कुलमा निशुल्क पढ्नको लागी भनेर उसले हातमा सिफारिस लिएर एउटा विद्यालयमा पुगेछ र त्याहा ऊ जोड जोडका साथ कराउदै रहेछ मेरो छोरोले यो विद्यालयमा निशुल्क पढ्न पाउनु पर्छ । प्रधानअध्यापक भन्दै थिए तपाई सुन व्यापारी तपाई करोडौको सुन बेच्नु हुन्छ , अनि त्यत्रो पसल छ अनि तपाई भन्दा गरिव यहाँ अर्काेलाई दिई सकेको छ । त्यो गरिबको कोटा तपाई खोस्न नखोज्नुस न । अनि उ प्रभावशाली दलित भन्दै हुनुहुन्थ्यो अब म आयोग गएर तपाईहरु सवैलाई ठिक गर्छु । अनि मन मनै सोचे यो कोटा पनि त त्यो गरिबको लागी हैन रहेछ त्यो त प्रभावशालि जो सिफारिस ल्याउन सक्छ , अनि धम्क्याउन सक्छ उसको लागी पो रहेछ । अनि मन मनै प्रश्न गरे यो देश कसले बचाई देला ?
त्यस्तै एउटा किराना व्यापारि संगको संगतमा उसले दुइथरि मुल्यको तेलको पोका थमाएर बढेको भाउमा सवै हिसाब गरेर तेल दिदै रहेछ ।अनि साहुजी यो के गर्नु भएको यो पोकामा त २० रुपैया सस्तो छ अनि यो सवैको उहि मोल राख्नु भएछ । व्यापारी यो महंगो भएर आयो यो महंगो भएको रेटमा नदिए हामी घाटामा परि हाल्छौ । अनि उहाँले फेरी प्रश्न गर्दा तपाईलाई चाहिदैन भने नलानु होला तर प्रश्न नगर्नु किन त्यस्तो भयो ? निरिह ग्राहाक चुपचाप तेल लिएर गयो ,साहेद उसलाई भरे छाक टार्नु थियो । यस्तैमा एउटा ग्राहक दुइकार्टुन तेल माग्दै भन्यो हेर्नुस साहुजी अब तेल नआउन सक्छ किन कि युक्रेनमा युद्धका कारण त्याहाबाट सुर्यमुखीको विया निर्यात हुन छाडेको छ । सकिन्छ भने अर्काे दुइ कार्टाैन पनि दिनुस मलाई के गर्ने तेल आएन भने महंगो यसै हुन्छ त्याहा माथि भान्छा चलाउन पो गारो हुन्छ ।उहाँको त्यो बहादुरीको साछी बस्दै मनमनै सोचे उहाँलाई पनि त आफ्नै चिन्ता थियो ।
सरकारको कुरै नगरौ , विधुत नेपालको , अनि तेल बाहिर बाट खरिद गर्न पर्नै , दैनिक कति करोडको विजुली बेच्छ रे , अनि विधुतिय कारमा भारि कर लगाएर घाटा हुने तेल किन्छ । नेपालीलाइ विधुतमा महंगाे महसुल अनि भारतलाइ विजुली सस्ताेमा बेचेर पैषा कमाउछ सरकार । मन्त्रि कार्य क्षमताको आधारमा हैन आलो पालो छानिन्छन् । न्यायलयको कुरा त अब भनि राख्नु परेन ,करोडौको काण्ड सार्वजनिक मिडीयामा आएकै छ । मालपोत कार्यलय , यातायात व्यबस्था कार्यलय , सरकारी सवै कार्यलय , अनि विद्यालय, भन्सार , कृषिमा दिने अनुदान , अनुदान व्याज , किराना पसले , स्कुल संचालक , प्राध्यापक, वकिल , न्याधिस, मन्त्रि , सांसद, मेयर, भुइमान्छे सवका सबलाइ याे देश बनाउने भन्दा पनि आफु कसरी बन्ने भन्ने नै चिन्ता सताइ रहेकाे छ ।
The post खै कसले बचाइदेला याे देश ? appeared first on Sarba Khabar.
]]>The post शिव कैलाश कला मन्दिरले पायाे अवार्ड appeared first on Sarba Khabar.
]]>अवार्ड कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आर्ट एण्ड कल्चर क्याटेगोरीबाट शिव कैलाश कला मन्दिरले अवार्ड प्राप्त गर्न सफल भएको छ ।
सोही कार्यक्रममा शिव कैलाशका नृत्य नृर्देशक नारायण रिजाल ,मोडल तथा नृत्य निर्देशक रेनुका रिजाल, मोडल तथा नृत्य निर्देशक रोशन बुढाथोकी,नृत्य कलाकार यमुना पिठकोटे मगर,उज्जल कार्की, प्रज्ञा कर्की,स्नेहा थापा मगर,अलिना गुरुङ ,भरत पुतुवारलाई सम्मान गरिएको छ ।
अवार्ड कार्यक्रममा शिव कैलाश कलामन्दिरको तप्प नृत्य ,तामाङ सेलो , झ्याउरे ,झांगड लगायतको नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएको थियो । नेपाल बंगलादेश मैत्री संघका अध्यक्ष श्री दिन दयाल रिजाल नेपालको समन्वयमा भएको उक्त कार्यक्रम वल्र्ड बुक अफ स्टार रेकर्ड्स ईन्डियाले आयोजना गरेको हो ।
The post शिव कैलाश कला मन्दिरले पायाे अवार्ड appeared first on Sarba Khabar.
]]>The post प्याब्सन टोखा नगर कार्यसमितिले बुझायो ज्ञापन पत्र, सुरक्षा मापदण्डसहित विद्यालय खोल्न जोड appeared first on Sarba Khabar.
]]>प्याव्सन टोखाका अध्यक्ष टंक कुमार चापागाइले सबै कुरा खुल्ला राखेर शैक्षिक संस्था बन्द गर्नुको कुनै अर्थ नरहने भन्दै पठनपाठनबाट टाढा हुँदा विद्यार्थीमा पर्न जाने मानसिक असर र शैक्षिक स्तरमा आउने समस्यालाइ दृष्टिगत गर्दै यथासक्य छिटो स्वास्थ्य मापदण्डको पालना गरि विद्यालय खेल्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सुरक्षाका उपाय अवलम्वन गरेर विद्यालय खोल्नु पर्नेमा विद्यालय बन्द गरेर राज्यबाट शिक्षा क्षेत्रमा भयङ्कर गल्ती गर्ने काम भइरहेको आरोप लगाउनु भयो ।
सर्वखबरलाई प्राप्त ज्ञापन पत्रमा भनिएको छ नेपाल सरकारले कोरोना रोकथाम तथा त्यसको लागि गरिएको पहलहरुमा प्याब्सन सदैब सहयोग गर्न तयार रहेको जानकारि गराउँदै हाल छिटो भन्दा छिटो कोरोना खोप तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाई विद्यालय खोल्न माग गरेको ज्ञापनपन पत्रमा उल्लेख छ ।
ज्ञापनपत्र प्याब्सन टोखाका अध्यक्ष टंक कुमार चापागाइको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलीले टोखाका नगर प्रमूख प्रकाश अधिकारी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमलाई बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख अधिकारीले कोभिडले शिक्षा क्षेत्रमा पारेको प्रभावको अध्ययन र समस्या समाधानको लागि तत्कालै शाखा प्रमुख बाबुराम गौतमको अध्यक्षतामा एक कार्यदल गठन गरि कार्यदलले दिने सल्लाह र सुझाव अनुसार अघि बढ्ने कुरा नगर प्रमुख अधिकारीले बताउनुभयो ।
The post प्याब्सन टोखा नगर कार्यसमितिले बुझायो ज्ञापन पत्र, सुरक्षा मापदण्डसहित विद्यालय खोल्न जोड appeared first on Sarba Khabar.
]]>The post शिवकैलाश कला मन्दिरद्वारा नेपाल-भारत सांस्कृतिक कार्यक्रम आयोजना appeared first on Sarba Khabar.
]]>कला मन्दिरका अध्यक्ष नारायण रिजालको निर्देशनमा नेपालका र एकेडेमीका नृत्यनिर्देशक दिलीप थापाद्वारा प्रशिक्षित भारतका नर्तक-नर्तकीले भर्चुअल नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालबाट कला मन्दिरका तर्फबाट राष्ट्रिय भावनायुक्त थाली नृत्य तथा झ्याउरे, तामाङ सेलो र झोडा नृत्य प्रस्तुत गरिएको थियो ।
कोलकाता, हावडाबाट रवीन दासले रवीन्द्र संगीत, दिलीप थापाले भाङ्डा, हावडाकी सृष्टि चौधरीले भरत नाट्यं, विशाखा पटनमकी पहेल जोशीले राजस्थानी, कोलकाताकी मयूरी वासुले बंगला, हावडाका निशित र हर्षित साउले डाण्डिया नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कला मन्दिरका रोशन बुढाथोकीले नृत्य समन्वय, बुटिक एन्ड ड्रेस सेन्टर ठमेलका रेनुका रिजालले भेषभूषा र प्रज्ञान एकेडेमीका फाउन्डर प्रिन्सिपल महेश पाण्डेले प्राविधिक सहयोग गर्नुभएको थियो । सो अवसरमा नेपाल-बंगलादेश मैत्री संघका अध्यक्ष दीनदयाल रिजालले संस्कृतिको रक्षा र पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रमको महत्व हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, कला मन्दिरका संरक्षक हरि पाठक र इन्डियन पब्लिक स्कुल, हावडा कोलकाताका डाइरेक्टर र बम्बै डिफेन्स एकेडेमीका प्रिन्सिपल सन्दीप डेले दुई देशलाई साहित्य, धर्म, इतिहास, संस्कृति आदिले जोडेको जनाउँदै कोभिड महामारीका बेला र अन्य समयमा पनि सम्बन्धलाई बढावा दिन आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
हेर्नुहाेस् तस्विर
The post शिवकैलाश कला मन्दिरद्वारा नेपाल-भारत सांस्कृतिक कार्यक्रम आयोजना appeared first on Sarba Khabar.
]]>The post टाेखा नगरपालिकाले सहयाेगी दाताहरुलाई सम्मान गर्ने appeared first on Sarba Khabar.
]]>नगरपालिकामा जनप्रतिनिधिहरु बहाल भएपश्चात हालसम्म नगरपालिकालाई विभिन्न माध्यमबाट सहयाेग गर्ने सहयाेगी दाताहरुलाई एक विशेष समाराेहका बीच सम्मान कार्यक्रम आयाेजना गर्न लागिएकाे कुरा नगर प्रमुख प्रकाश अधिकारीले सर्वखबर लाइ जानकारी दिनुभयाे ।
पूर्व उपप्रधानमन्त्री माननीय ईश्वर पाेखरेल ज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रम टाेखा स्थित सद्भाव बैङ्केटमा आयाेजना हुँदैछ भने साेही कार्यक्रममा नगरपालिकामा भएका मुख्य उपलब्धि तथा प्रगतिहरु सहितकाे सार्वजनिक सुनुवाई समेत हुनेछ ।
The post टाेखा नगरपालिकाले सहयाेगी दाताहरुलाई सम्मान गर्ने appeared first on Sarba Khabar.
]]>The post सुविधाकाे नाममा दुःख दिने “हाेम सुविधा” appeared first on Sarba Khabar.
]]>फेसबुकमा देखिएकाे विज्ञापनका आधारमा आफ्नाे मारुती भ्यानकाे कर तिर्न तथा नविकरणका लागि कार्यालयमा सम्पर्क गरि हाेम सुविधा नामक कम्पनी प्रतिनिधिलाई २०७७ चैत्र ४ गते नगद रु.२२०००।- सहित पठाएकाे ब्लुबुक १०० दिन नाघिसक्दा समेत फिर्ता नपाएपछि सेवाग्राहि महेश पाण्डेले हाम्राे कार्यालयमा दुःख पाेखेका थिए । आफ्नाे ब्लुबुक फिर्ता नपाएपछि पटक पटक कार्यालयमा सम्पर्क गर्दा कहिले नविकरण गर्न कार्यालय पठाइकाे तर फिर्ता नआएकाे भन्ने, कहिले काम भएन ब्लुबुक आजै फिर्ता ल्याउँदैछ भन्ने, कर्मचारीपिच्छे नै फरक फरक जवाफ दिने गरेकाे उनले बताए । यस विषयमा बुझ्न हाम्राे प्रतिनिधीले कार्यालयमा तथा मेनेजर पवन मण्डलकाे व्यक्तिगत नम्बरमा सम्पर्क गर्न खाेज्दा सम्पर्क स्थापित हुन सकेन ।
यससँगै अनलाईन सेवा र सुविधा दिने नाममा बजारमा खुलेका कार्यालयहरुले दुःख दिने गरेकाे गुनासाे सर्वसाधारणले पाेख्न थालेका छन् ।
The post सुविधाकाे नाममा दुःख दिने “हाेम सुविधा” appeared first on Sarba Khabar.
]]>The post दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं – डा. रवीन्द्र पाण्डे appeared first on Sarba Khabar.
]]>The post दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं – डा. रवीन्द्र पाण्डे appeared first on Sarba Khabar.
]]>The post जालपा पुस्तकालयको मुखपत्र “जालपा” विमोचन सम्पन्न appeared first on Sarba Khabar.
]]>टोखा नगरपालिका वडा नं. ८ मा रहेको प्यारामाउन्ट एकेडेमीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी, टोखा न.पा वडा नं ८ का वडाअध्यक्ष केशब बहादुर खत्री, पुस्तकालयका अध्यक्ष नर बहादुर बि.सी. लगायतले संयुक्त रुपमा उक्त मुखपत्र विमोचन गरेका थिए ।
मुखपत्र विमोचन पश्चात बोल्दै नगरप्रमुख प्रकाश अधिकारीले पुस्तकालयका पदाधिकारीहरुलाई धन्यवाद दिँदै टोखा नगरपालिकामा स्थापना भएका पुस्तकालयले आम मानिसमा पारेको सकारात्मक प्रभावको चर्चा गर्दै आफ्ना नागरिकलाई शैक्षिक जागरण गर्नमा नगरपालिकाको तर्फबाट सदैव सहयोग रहने विश्वास समेत दिलाएका थिए ।
नेपालीहरुको महान पर्वहरुको पूर्वसन्धयामा आयोजीत उक्त कार्यक्रममा उपस्थित अतिथीहरुले वडा दशैँ, तिहार, छठ पर्व, नेपाल संवतको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष नर बहादुर बि.सीले पुस्तकालय व्यवस्थापन, तथा मुखपत्र प्रकाशन गर्ने क्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।
The post जालपा पुस्तकालयको मुखपत्र “जालपा” विमोचन सम्पन्न appeared first on Sarba Khabar.
]]>The post चन्द्रविन्दु स्कुलका बालबालिकाले मृगौलापिडितलाई गरे सहयोग appeared first on Sarba Khabar.
]]>साधारणतया बालदिवसमा बालबालिकालाई जम्मा गर्ने, गोष्ठि गर्ने, रिवन काट्ने , बत्ति बाल्ने जस्ता औपचारिक कार्यक्रममा ठुलो धनरासि खर्च गर्ने प्रचलन भएतापनि आफ्नै स्कुलबाट एस.इ.इ पास गरेका १९ बर्षिय रवि रसाइलीको विगत डेढ बर्ष देखि दुवै मृगौलाले काम नगर्ने भएपछि लामो समयदेखि डायलासीस गर्दै आएको र खानलाई समेत धौ धौ परिरहेको खबर सर्वखबरमा प्रकाशित भएपछि उनिहरुले बालदिवसको अवसर पारेर प्रत्येक दिन एक एक रुपैया संकलन गरेर जम्मा भएको रकम पिडित रवि रसाईलीलाई हस्तान्तरण गरेका हुन् ।
यस्तो मानविय कार्य गर्ने प्रेरणा कसरी पाउनुभयो ? भनेर बाल क्लवका अध्यक्ष सविता पाण्डेलाई सोध्दा बुबाआमाले दिनुभएकोे संस्कार र मानविय कार्य सिकाउने हाम्रो स्कुलका सरहरुको प्रेरणाले गर्दा खाजा खाने पैसाबाट प्रत्येक दिन एक एक रुपैँया जम्मा गर्दै गरेको र सोही रकम हस्तान्तरण गरेको बताउनुभयो ।
The post चन्द्रविन्दु स्कुलका बालबालिकाले मृगौलापिडितलाई गरे सहयोग appeared first on Sarba Khabar.
]]>