Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php on line 6114

Warning: Cannot modify header information - headers already sent by (output started at /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php:6114) in /home4/gajengux/sarbakhabar.com/wp-includes/feed-rss2.php on line 8
विविध – Sarba Khabar https://sarbakhabar.com सबैकाे खबर, सबैका लागि Fri, 21 Aug 2020 03:39:40 +0000 en-CA hourly 1 https://wordpress.org/?v=6.7.1 महान् पर्व तिज र यसको महत्व https://sarbakhabar.com/archives/290?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a4%25b9%25e0%25a4%25be%25e0%25a4%25a8-%25e0%25a4%25aa%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25b5-%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%259c-%25e0%25a4%25b0-%25e0%25a4%25af%25e0%25a4%25b8%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25ae%25e0%25a4%25b9%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b5 https://sarbakhabar.com/archives/290#comments Thu, 20 Aug 2020 06:55:33 +0000 https://sarbakhabar.com/?p=290 हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह

The post महान् पर्व तिज र यसको महत्व appeared first on Sarba Khabar.

]]>
हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड, व्रत, उत्सव, उपसना र उपवास हाम्रा प्राण हुन् । साथै यी कुराहरु हाम्रो संस्कृति बनेर जनजन र मनमनमा रहेका छन् । नेपाल र भारतलगायत जुन जुन ठाउँमा नेपालीहरुको बासेबास रहेको छ ती ती ठाउँमा सनातन धर्म र संस्कार पुगेको छ । सबै सनातन धर्मावलम्बीहरुले उल्लासका साथ यी पर्वहरु मनाउँदै आएका छन् । यिनै तमाम हाम्रा धर्म र संस्कारहरुमध्येकाे एक महत्वपूर्ण चाडका रुपमा प्रचलित तिज नारीप्रधान चाड हो । प्रत्येक वर्षको वर्षा ऋतुमा पर्ने भाद्र शुक्ल द्वीतीया देखि पञ्चमीसम्मका चार दिनलाई तिज पर्वका रुपमा धुमधामसँग मनाइन्छ । तिज के हो र यसको महत्व के हो भन्ने विषयमा यो लेखमा छोटो र सान्दर्भिक विवेचना गरिन्छ ।

तिज भन्नाले नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्मपराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने भाद्र शुक्ल तृतीयालाई बुझिन्छ । यस दिनलाई हरितालिका पनि भनिन्छ । तथापि नेपाली समाजमा दर खाने दिन अर्थात् भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्मका दिनलाई बोलिचालीमा तिज भनेर बुझिन्छ । तिजको पहिलो दिन अर्थात द्वीतीयाका दिन आधारात पछि नारीहरुले आफ्नो माइतीघर र आफन्त इष्टमिमत्रहरुका घरमा गई उनीहरुले पकाएको , आत्मीय प्रेमले भरिपूर्ण भएको मीठो खाना अर्थात दर खाने चलन छ । दर भन्नाले विशेष प्रकारको दरिलो र आडिलो खाना भन्ने बुझिन्छ । यस खानामा घ्यू राखेर बनाएको लट्टे, खिर, ढकनी र विभिन्न तरकारीहरु पर्दछन् । भोलिपल्ट अर्थात तृतीयाका दिनभर उपवास बस्नुपर्ने भएकोले अघिल्लो रात त्यस्तै आडिलो खाना वा दर खाने गरिन्छ । यसरी दर खाएपछि भाेली दिनभर केहि पनि खाना पर्दैन र अ३िल्लाे दिन त्यसरी खाएकाे खानाका कारणबाट शरीरमा हुन सक्ने अफ्ठ्याराेलाई व्रतका प्रभावले शरीरलाई आाराम पनि हुन जान्छ । दर खाने दिनमा टाढा वा नजिक भएका आफ्ना दिदी बहिनी , फुपू , सानिआमा, ठुलीआमालाई बोलाएर माइतीघरको भान्सामा हाँस्दै रमाउँदै दर खाइन्छ र आँगनमा आएर गीतका भाकामा आफूले भोगेको पीडालाई अभिव्यक्त गरिन्छ । यस्ता गीतलाई तिज गीत भनिन्छ । यस पर्वले टाढिएका मनलाई आफन्तसँग जोड्ने गर्दछ र साामजिक प्राणी भई दुःख सुखमा बाँच्न सिकाउँछ । त्यसैले यो चाडलाई सामाजिक सद्भावको र मिलनको चाडका रुपमा लिन सकिन्छ ।

सकेसम्म हस्ता नक्षत्रले युक्त चतुर्थी वा चतुर्थी तिथिले जतिखेर तृतीया स्पर्श गरेको हुन्छ त्यही भाद्र शुक्ल तृतीयालाई हरितालिकाका दिनमा विहान सबेरै उठेर सबै दिदीबहिनी एक आपसमा शिवपार्वतीको गुणगान गर्दै नदी किनार , खोला , कुवा , धारा आदिमा गएर दतिवनले दात माझेर, अमलाकाे बाेक्रा, माटो र खरानी दलेर स्नान गर्ने गर्दछन् । त्यसपछि घरमा आई नयाँ तथा सौभाग्य प्रदर्शन हुने राता कपडा, सिन्दूर, चुरा, पोते पहिरेर शिव मन्दिर, खुल्ला चौर, नदी किनार वा अन्य मन्दिर र पवित्र स्थानमा गएर यज्ञमण्डप निर्माण गरेर बालुवाको गौरीसहित शिवलिङ्ग बनाएर आफ्नो कूल परम्पराअनुसार गृहसूत्रका विधिले प्राणप्रतिष्ठा गरेर सङ्कल्पपूर्वक यथाशक्य सङ्कलन गरिएका सामग्रीहरुले श्रद्धापूर्वक पूजा गरिन्छ । पूजापश्चात नाचगान गरेर रातभर जाग्राम बसिन्छ । यसरी व्रत बसेर पूजा गर्नाले आफ्नो पतिको आयु र आरोग्य बढ्छ । साथै आफ्ना सन्ततिको प्रगति र उन्नति हुन्छ र आफ्नो पनि सम्वृद्धि बढ्दछ भन्ने विश्वास गरिन्छ । यस दिन महिलाहरु दिनभर निराहार बस्छन् र चतुर्थीले छाेएकाे तृतीयाकाे पवित्र समयमा पूजा गरेपछि  आफ्नाे पतिबाट आशीर्वाद लिन्छन् ।

हरितालिका तिजको व्रतको बारेमा पौराणिक कथा पनि तृतीयाकै दिन गौरी र शिवको पूजा गरेपछि हरितालिका व्रतकथा श्रवण गरिन्छ । जसअनुसार भगवानले शिवलाई आफ्नी प्राण प्यारी पार्वतीले कुन दान , व्रत र धर्म गर्नाले अनादिअनन्त हजुरजस्तो परममेश्वरलाई पाएँ त्यो सबै बिस्तारपूर्वक सुन्न चाहन्छु भन्दा शिवजी स्वय‌ंले पार्वतीलाइ सबै वृतान्त सुनाउनुहुन्छ । हिमालय पर्वतको छोरीका रुपमा जन्मिएकी पार्वतीले अघिल्लो जन्ममा दक्षप्रजापतिकी छोरी सतीदेवीको रुपमा धारण गरेर जन्मे पनि आफ्ना पिता दक्षले शिवको निन्दा गरेको सुनेर यज्ञ कुण्डमा शिव शिव भन्दै हामफालेर प्राण त्याग गरेकी थिइन् । त्यस जन्ममा शिवसँग यथायोग्य काल सतीले जिउन पाइनन् । अर्को जन्म शिवकै अर्धाङ्गिनी भएर जन्मन पाऊँ भन्ने उनको अन्तिम इच्छा थियो । सोही अनुसार हिमालय पर्वत र मेनकाका गर्भबाट उनको जन्म भएको थियो । बालक कालदेखि नै शिवलाई नै पति पाऊँ भनी पार्वतीले घोर तपस्या गरेकी थिइन् । दिव्य बाह्र वर्षसम्म अधोमुख गरेर धुवाँ पान गरेर तपस्या गरिन् । ६४ वर्षसम्म सुकेको घाँस पात खाएर तपस्या गरिन् । यस्तो देखेर हिमालय पर्वत अत्यन्त दुःखी भए । यी कन्या म कसलाई दिऊँ भन्ने सोचेको बखतमा भगवान् विष्णुले नारदलाई पार्वती विवाह गर्ने कुरा लिएर आएपछि हिमालय अत्यन्त खुसी भए र भने, “भगवान् वासुदेव स्वयं मेरो पुत्री हात माग्न आउनुहुन्छ भने छोरी दिन तयार छु ।” यो कुरा नारदले भगवान् विष्णूलाई सुनाए ।

योग्यं योग्याय दातव्यं कन्यारत्नमिदं त्वया ।।
वसुदेव समाेनास्ति व्रह्मविष्णुशिवादिषु ।।
(भविष्योत्तर पुराण)

पिता हिमालयका कुरा सुनेर आफ्ना पितामातालाई पनि थाहै नदिई हिंस्रक सिंह , बाघहरु भएको अनकन्टार वनमा लुकिन् । आफ्ना साथीहरुले किन यस्तो गरेकी भनेर सोध्दा मैले अघिल्लो जन्ममा नै आउने जन्ममा शिवलाई पति पाऊँ भनेर संकल्प गरेकी थिएँ । अहिले मेरा मातापिताले भगवान् विष्णुलाई विवाह गरेर दिने कुरा गरेकाले म लुक्न आएकी हुँ भनेपछि साथीहरुले सबै कुरा बुझेर हामी तिमीलाई कसैले पनि नदेख्ने र नभेट्ने ठाउँमा लगेर लुकाउँछौँ भनी लुकाउन लगे । सखी अर्थात आलिहरुले हरण गरेर लगेका अवस्थामा पार्वतीले व्रत गरी शिवको पूजा गरेको हुनाले यसै दिनलाई हरितालिका भनिएको हो र आज सम्म पनि यस दिनलाई हरितालिका तिज भनेर व्रत उपासना र शिवको पूजा गर्ने गरिन्छ ।

नामस्य व्रतराजस्य श्रृणु देवि ! यथाभवम् ।
आलिभिर्हरिता यस्मात्तस्मात्त्सा हरितालिका ।।
(भविष्येत्तोरपुराण हरितालिका व्रत कथा ५२)

याे पर्व आविवाहित नारीहरुले असल पति पाउनका लागि व्रत गर्नुपर्छ भन्ने बुझिन्छ भने विवाहित महिलाहरु आफ्ना  पतिको  दयालु स्वभाव  र लामाे आयु  होओस् भन्ने कामनाले व्रत गर्दछन् । यसले पति र पत्नीबीचको सुमधुर सम्बन्ध कायम गर्दछ भन्ने मान्यताले महिलाहरु यो व्रत र उपासना गर्ने गर्दछन् । तिज वा हरितालिका व्रत आफैमा अत्यन्त शुद्ध पवित्र चाड हो आजकाल यस चाडलाई मानिसहरुले नै भड्किलो बनाएको देखिन्छ । र तिजलाइ बदनाम गर्ने काम पनि भइरहेका छन् । हिन्दु धर्ममा रहेको तिज त्यसमाथि कतिपय धर्म विरोधि चरित्र भएका मानिसहरुले यो चाडलाई बहिष्कार गर्ने र नकारात्मक भाव फैलाउने गरेको देखिन्छ । पुरुषका निम्ति महिला व्रत किन बस्नु भन्नेजस्ता कुराहरु आजकल बजारमा सुनिन्छन् । यसरी शास्त्रीय महत्वको तिज र हरितालिकाको गीतलाई नबुझ्नेहरुलाई एक पटक शास्त्र पढ्न पनि अनुरोध गरिन्छ । आफ्नो पति पत्नीबीच सुमधुर सम्वन्ध कायम राख्न पतिले आफ्नी पत्नीलाई पनि सदा खुसी राख्नु , मिष्ठान्न भोजन , मीठो बोली, सत्कार सम्मान गर्नु , गाली नगर्नु, अलंकार आदिले सदा भरिपूर्ण बनाउनु साथै पत्नीले युक्त भएर हरितालिकाकाे व्रत र पूजा गर्दा अझै राम्राे हुने कुरा  शास्त्रहरुमा वर्णन गरिएको छ ।

आलापैः सरसैः नित्यं तोषयेत् तां शपेन्न च ।
भोजनाच्छादनैर्वस्त्रं भूषणाद्यैः निजस्त्रीयाम् ।। (स्कन्दपुराण)

भने सदाचारले युक्त कुलीन घरानकी छोरी विवाहित भएर आफ्नो पतिको घरमा गएर पनि सोही किसिमका आचरणहरु गर्दछिन् । पत्नीनै घरकी देवी, घरकी संरक्षक र सिर्जना भर्ने शक्ती भएकोले आफ्नो पतिलाई आरोग्य , सदाचारी र एश्वर्यवान् बनाउन नारीको ठूलो भूमिका हुन्छ । त्यसैले जमाना फेरियो भन्दैमा घर बिगार्ने काम गर्नुहुँदैन । आफूलाइ पति र पत्निप्रति श्रद्धा छ भने पतिका गोडाको जल खानु अनुचित होइन, यसले समाज र घर विगार्दैन । समाजमा नचाहिने कुरा गरेर महिलालाई उचालेर पुरुषभन्दा के कम भन्ने मानिसहरुबाट सिकेर समाज आज बडो दुर्दशामा पुगेको छ । पति, पत्नीको वशमा छैनन् , पत्नी पतिको वशमा छैनन् जसले गर्दा समाजमा विकृतिको भयानक जालो फैलिँदै गएको कुरा आजकाल प्रत्येक दिन सामाजिक सञ्जाल र सञ्चार मामध्यमबाट सुनिँदै र देखिँदै आइएको छ ।
यसरी तिज हाम्रो परमपरागत पौराणिक र सांस्कृतिक पर्व भएकाले शास्त्रले बताएअनुसार विधिपूर्वक यसको उपसना र व्रत गर्नाले घर, समाज र राष्ट्रलाई राम्रो असर छाड्न सक्छ । यो पर्वमा धुमधाम खर्च गर, देखावटी गर, नभएको पनि जसरी तसरी मनाऊ भनेर शास्त्रले भनेको छैन । श्रद्धा , आस्था र विश्वास नै यस चाडको मौलिक वस्तु हो । यसलाई श्रद्धा र विश्वासले भरिएको व्रत, उपासना र पूजा गर्नुपर्दछ भन्ने मूल आशय हो । अस्तु

लेखक:

सुरेशराज पौडेल

उप. प्राध्यापक

वाल्मीकि विद्यापीठ , काठमाण्डु

The post महान् पर्व तिज र यसको महत्व appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/290/feed 1